बुटवल,१५ असोज-रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४९५ नियमित बैठक तथा दोस्रो क्लब एसेम्बली सम्पन्न भएको छ ।कार्यक्रमको आरआई डिष्ट्रिक ३२९२ जोन २८ का एजी देवि गुरुङले शुक्रबार बुटवलमा उद्घाटन गरेको क्लबले जनाएको छ । सो अवसरमा उनले क्लबलाई ब्यवस्थित गर्दै लैजान एसेम्बली प्रक्रिया भएको बताईन ।उनले रोटरी अन्तराष्ट्रियको मुल्यमान्यता अनुसार सात वटा फोकस एरियामा क्लबबाट भएपनि डिष्ट्रिकको रिपोर्ट र अवार्डमा नोमिनेसनमा पर्ने गरि लाग्न सुझाव दिईन ।टिआरएफमा प्रत्येक सदस्यले २५ डलर र क्लबबाट पोलियो उन्मुलनका लागि ५० डलर समेत सहयोग गर्न उनले आग्रह गरिन । डिजिको निश्चित लक्ष्य अनुसार सबै सदस्यहरुबाट सहयोगको अपेक्षा रहेको उनको भनाइ थियोे ।
एसेम्बलीमा क्लब एडमिनिष्ट्रेसन कमिटि चेयर टीकाराम पाण्डेले आफ्नो टिमबाट प्रगति विवरण पेश गर्दै कोभिडकै कारण धेरै समस्या हुदाहुदै पनि दन्त चिकित्सकमार्फत अन्तरक्रिया, कर्डको तालिम, रोटा क्विजका लागि समेत रिजन ५ को स्पोन्सर गर्ने तयारी गरेको जानकारी गराए ।यसैगरि मेम्बर कमिटि चेयर केशव बहादुर कुवरले नया सदस्यहरुको क्लासिफिकेशन, वर्षमा १० प्रतिशत सदस्य बढाउने काममा प्राथमिकता दिएको, स्याङ्जामा नया क्लब स्थापना गर्ने तयारी समेत भैरहेको उनले बताए । ईच वान ब्रिन्ङ वान नारालाई सार्थकता दिनेगरि काम गर्दै आएको उनले बताए ।
पब्लिक ईमेज कमिटि चेयर भगवती घिमिरेले क्लबका गतिविधिलाई संचार माधयममा ल्याउनुका साथै समुदायमा सचेतनाका कार्यक्रमहरु समेत चलाएको बताईन । कोभिड संक्रमणको जोखिमलाई रोक्न मास्क वितरण र सचेतनाका लागि समेत गतिविधि गर्दै आएको उनले जानकारी गराइन् ।सर्भिस प्रोजेक्ट कमिटि चेयर शंकर पाण्डेको अनुपस्थितिमा अर्जुन आचार्यले फण्ड राईजिङ, वाटर एण्ड सेनिटाईजर, सोसल प्रोजेक्ट अन्तरगत लागुअौषध विरुद्ध सचेतना, चाईल्ड हयाप्पि स्कुल, कोभिड विरुद्ध सचेतना जगाउने गरि ४ हजार ५ सय मास्क वितरण गरिएको बताए ।
रोटरी फाउन्डेसन कमिटि चेयरका सरोज पन्तले सतप्रतिशत पिएचएफ बनाउने योजनामा रहेको भन्दै यसका लागि अग्रसरता गरिरहेको बताए । क्लबमा हाल १५ जना पिएचएफ रहेको उनले जानकारी दिए ।निवर्तमान अध्यक्ष गोपाल ज्ञवालीले एसेम्बली कार्ययोजना बनाउने रुपमा रहेको बताउदै महत्त्वपूर्ण भएको बताए ।कार्यक्रममा क्लबका अध्यक्ष विष्णु चापागाई, पुर्वअध्यक्ष बालकृष्ण अर्याल, सरजेन्ट आर्म ओमप्रसाद अर्यालले क्लबको नीति र डिष्ट्रिक गर्भनरबाट निर्देशनमा कार्य गर्दै आएको बताए।












