६ असोज, कञ्चन ।रुपन्देहीको कञ्चन गाउँपालिकामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कञ्चन सूचना तथा सञ्चार केन्द्र, ९कञ्चन खबर० को आयोजना तथा नेपाल रेडक्रस सोसाईटी कञ्चन उपशाखा र नेपाल नियमित रक्तदाता संघको सह आयोजनामा ूशुभ बिजया दशमी , दिपावली तथा छठ पर्वको अवसरमा रक्तदान गरौ, रगतको अभावबाट छट्पटाईरहेकाबाट आशिर्वाद लिई पुण्य कमाऔू भन्ने मुल नाराका साथ शनिबार बिहान ८ बजेदेखी ११ बजेसम्म कञ्चन ४ अस्नैया, सरकारी बोरिङमा रक्तदान कार्यक्रम गरिएको हो ।
रक्तदान कार्यक्रमबाट ४६ युनिट रगत संकलन गरिएको छ । कञ्चन गाँउपालिका वडा नम्बंर ४ का वडा सदस्य कुल बहादुर राजकोटीले रक्तदाता प्रकाश क्षेत्रीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो ।दसैंको समयमा रक्तदान कार्यक्रम सञ्चालन हुन नसकेको, रुपन्देहीमा रगतको अभाव देखिएको र रगतको अभावबाट आउन सक्ने समस्यालाई कम गरी रगतको अभावबाट छट्पटाईरहेकाहरुको जिवन रक्षाको लागी कार्यक्रमको आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमका संयोजक प्रेम राजकोटीले बताउनुभयो ।
स्थानिय तथा ग्रामिण क्षेत्रमा रक्तदान गर्नु पर्छ भन्ने भावनाको बिकास गर्न स्थानिय आमा समूह र क्लबहरुको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरिएको कञ्चन सूचना तथा सञ्चार केन्द्रका संचालक तथा कञ्चन खबर डटकमका प्रकाशक जगिलाल थापाले जानकारी दिनुभएको छ ।
स्थानिय संस्थाहरु मनकामना आमा समूह, कञ्चन-४ ,सरकारी बोरिङ्ग, श्री एकता आमा समूह,कञ्चन-४अस्नैया, श्री रिभरसाईड युवा क्लब,कञ्चन(४, अस्नैया, कञ्चन आमा समूह,कञ्चन-४,अस्नैया र श्री शान्ती आमा समूह,कञ्चन-४ अस्नैयाको सहयोग तथा समन्वयमा कार्यक्रम सम्पन्न भएको हो।











