जनमत पार्टीद्धारा भ्रष्टचार र अनियमिततको बिरुद्ध भण्डाफोर अभियान शुरु

प्रकाशित मिति:

८ कार्तिक,कञ्चन/ जनमत पार्टी, गैडहवा गाउ कार्य समितिद्धारा स्थानिय तहमा भएको भ्रष्टचारी र अनियमितताका बिरुद्ध भण्डाफोर अभियान अन्तर्गत सिट्टी जुलुस गरेको छ। जनताराज स्थापना गरौ, नेताराजको अन्त्य गरौं, भ्रष्टचारी सरकार मुर्दाबाद, इञ्जिनियर हो भने इज्जतसंग बस जस्ता नारा लगाउदै जनमत पार्टी, गैडहवाले उक्त सिट्टी जुलुस गरेका हुन।उक्त पार्टीले गैडहवा गाउपालिका वडा नं। २ अन्तर्गत लोण्डिहवाबाट शुरु गरिएको सिट्टी जुलुस गैडहवा गाउपालिकाको कार्यलय परिसर,सूर्यपुरा बजार र गुलरहिया चोक गरी ३ ठाउमा कोणसभा संचालन गरेको थियो । सिट्टी जुलुसको शुभारम्भ गर्दै जनमत शिक्षक संघका केन्द्रिय सदस्य रामदेव यादवले जनताको नजिकको सरकार भनिएको स्थानिय सरकारमा जनताको बास्तविक जनप्रतिनीधिहरु नभई जनप्रतिनीधिको रुपमा छोटे राजाहरुले सोझा जनातामाथी शासन गरिरहेको बताउनु भयो ।

स्थानिय सरकारमा किसान, मजदुर र भुमिहिन जनताका प्रतिनीधिहरुले प्रतिनीधित्व नगरेको आरोप लगाउदै चाकडी, भ्रष्ट, अनियमित्तामा संलग्न पाखण्डी र जनताको बिरोधीहरुको तत्वहरुको प्रतिनीधित्व गरेकै कारण स्थानिय सरकार गठन भएको साढे ४ बर्ष अधिक्तम जनताहरुले दुख र सास्ती खेप्नु परेको जनमत शिक्षक संघका केन्द्रिय सदस्य यादवले आरोप लगाउनु भयो । यादवले राजतन्त्रको अन्त्य भएपनि गणतन्त्रको नाममा स्थानिय सरकारलाई राजतन्त्रकै संस्कार भएका छोटे मोटे राजाहरुले भ्रष्टचार र अनियमित गर्ने सुरक्षित स्थान भएको आरोप लगाउनु भयो ।गैडहवाका जनप्रतिनीधिहरुले संचार,ईन्धन र जनसम्पर्कको नाममा कानुन बिपरित तलब भत्ताको सुबिधा लिदै आइरहेको र गाउपालिकामा हुने भ्रष्टचार र अनियमिततामा जनप्रतिनीधि र कर्मचारीहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्नता रहेकै कारण गैडहवामा भए गरेका अधिक्तम निर्माण योजनाहरु गुणस्तर हिन भएको आरोप लगाउदै केन्द्रिय सदस्य यादवले भ्रष्टचार र अनियमितताका बिरुद्ध निरन्तर भण्डाफोर अभियान सञ्चालन हुदै जाने समेत उललेख गर्नु भयो ।

कार्यक्रममा जनमत पार्टीका रुपन्देही जिल्ला सचिव कृष्ण कोहाँरले गाउपालिकाका जनप्रतिनीधि र कर्मचारीहरुले किसानलाई अनुदान दिने बहानामा कृषि सामाग्री खरिद गर्दा ब्यापारीसंग मिलेर बिल भरपाई बनाई १५ देखि ३० प्रतिशत सम्म कमिसन खाने, बिकास योजना कार्यान्वयन गर्ने बहानामा ठेकेदारहरुसंगको मिलेमतोमा वडा सदस्य देखि गाउपालिका अध्यक्ष,पियन देखि प्रमुखप्रसासकिय अधिकृतले ५० प्रतिशत सम्म कमिसन खाने गरेकै कारण गाउपालिकामा भएको हरेक योजनाहरु गुणस्तरहिन भएको आरोप लगाउनु भएको छ।। सचिव कोहाँरले गत असोज ३१ गते परेको बेमौसमी भरीका कारण क्षति भएका किसानका धानवालीको क्षतिपुर्ति दिने कुरामा स्थानिय सरकार गम्भिर नरहेको आरोप लगाउनु भयो । जवसम्म गाउपालिलकामा प्रतिनििधत्व गर्ने जनप्रतिनीधि र कर्मचारहरुले भ्रष्टचार र अनियमित्ता रोकिदैन र बेमौसमी भरीका कारण क्षति भएका किसानका धानवालीको क्षतिपुर्ति उपलब्ध गराइदैन तव सम्म जनमत पार्टी फरक फरक पकृतिमा निरन्तर आन्दोलन गरिरहने कोहाँरले बताउनु भयो ।यसैगरी किासनहरुले बर्षभरीका लागि उत्पादन धनवालीको नोक्सानीको उचित क्षतिपुर्ति स्थानिय सरकारले उपलब्ध गराउदैन तव सम्म जनमत पार्टीले गाउ गाउमा सडक आन्दोलनलाई निरन्तरता दिदै जाने जनमत महिला संघ,रुपन्देहीका अध्यक्ष नवर्दा लोधले चेतावनी दिनु भएको । किसानहरु आफुले दुखगरी उत्पादन गरेको धानवाली स्याहार्न नपाउदै बेमौसमी झरीका कारण नोक्सान भई पिडामा बल्झिरहेको बेला किसानहरुको पिडामा मल्हमपत्ती गर्न जानुको सट्टा किसानले ब्यहोर्नु परेको क्षतिको समेत अनुगमन गर्न नजानुले स्थानिय जनप्रतिनीधिहरु बास्तविक जनताका प्रतिनीधि नभएको पुष्टि गरेको जनमत महिला संघ,रुपन्देहीका अध्यक्ष लोधले उल्लेख गर्नु भयो ।

क्षति भएका धानका बालाहरु सहित सिट्टी जुलुसमा सहभागीहरुले किसानको धानवाली क्षति पुर्ति गर, किसानले उतपादन गरेको धानको अधिक्तम सरकारी मुल्य निर्धारण गर, नेताको गुलामी र चाकडी बन्द गर, गिरफ्तार गरिएका जनमत पार्टीका नेता कार्यकर्ताहरुलाई रिहाई गर जस्ता नारा लगाउदै गैडहवा २ को लोण्डिहवा, गाउ पालिकाको कार्यलय परिसर,सूर्यपुरा बजार र गुलहरिया चोकमा पुगी कोणसभा गरिएको थियो। जनमत पार्टी, गैडहवाका अध्यक्ष राधेश्याम केवटको अध्यक्षता तथा सिकन्दर कुर्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न गरिएको थियो ।