नेपाली काग्रेस राप्ती गाउँपालिका वडा नं ३ को पार्टि कार्यालयको शुभारम्भ

प्रकाशित मिति:

नेपाली काग्रेस राप्ती गाउँपालिका वडा नं ३ को पार्टि कार्यालयको शुभारम्भ गरिएको छ । पार्टि कार्यालयको शुभारम्भ संगै अन्य पार्टि परित्याग गरि साथै नयाँ अनुहारहरुलाई नेपाली काग्रेसमा प्रबेश समेत गराईएको छ । वडा सभापति श्रीधर खत्रिको अध्यक्षता, संविधान सभा सदस्य सुशिला चौधरीको प्रमुख आथित्यता, क्षेत्रिय सभापति भेषराज पाण्डे, महासमिति सदस्य जानकी लाल बस्नेत, नुमानन्द सुवेदिको विशिष्ट आथित्यतामा भएको पार्टि कार्यालयको शुभारम्भ तथा पार्टि प्रबेश कार्यक्रममा देशमा संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास गर्न र मुलुकको समृद्धिमा योगदान पु¥याउनका लागि वडा पार्टि कार्यालयको स्थापना तथा स्थानिय नागरिकलाई पार्टिको सदस्यता प्रदान गरिएको कार्यक्रममा बोल्ने बक्ताहरुले बताउनु भएको छ ।

कार्यक्रममा बोल्दै बक्ताहरुले अन्योल र अस्थिरता अन्त्य गर्दै नेपालको राजनीतिलाई सहज र संस्थागत रुपमा सुचारु गर्ने दायित्व संविधान निर्माताकै जिम्मेवारी हुने बताउनु भएको छ ।मुलुककै पुरानो र लोकतान्त्रिक पार्टी कांग्रेसले आफ्नो भूमिका र प्रभावकारिता थप सशक्त बनाउनु जरुरी रहेको र राष्ट्रियता, लोकतन्त्र र समाजवादको आदर्श अनि मान्यताको आधारमा संघीय लोकतान्त्रिक गणतन्त्र ,समावेशिता, मिश्रित निर्वाचन प्रणाली, शान्ति र अहिंसाको सैद्धान्तिक धरातलमा आधुनिक र समुन्नत नेपालको निर्माण अभियानमा जुट्नु अहिलेको दायित्व रहेको बताउदै नेपाली काग्रेस राप्ती अव बलियो काग्रेस बन्ने निश्चित रहेको बताईएको छ ।

कार्यक्रममा संविधान सभा सदस्य सुशिला चौधरी, क्षेत्रिय सभापति भेषराज पाण्डे, महासमिति सदस्य जानकी लाल बस्नेत, नुमानन्द सुवेदि, जेष्ठ राजनीतिज्ञ सभा सदस्य देवनारायण चौधरी, प्रजातान्त्रिक जेष्ठ नागरिक समाज केन्द्रिय सदस्य आत्माराम भट्टराई, प्रदेश सभापति तारा बहादुर डिसी, राप्ती पालिका सभापति विद्याशरण चौधरी, वडा नं २ का सभापति युवराज भुसाल, पुर्व जनप्रतिनिधि एवं जेष्ठ नेता दोर्ण भुसाल, निवर्तमान सभापति दुर्योधन पाण्डे, महिला संघ अध्यक्ष जगदम्वा कुमारी चौधरी, पालिका उपसभापति स्यामा रावत, वडा उपसभापति बुद्धिराम चौधरी लगायतले आफ्ना विचार तथा नेपाली काग्रेसका सिद्धान्तका बारेमा जानकारी दिनु भएको थियो ।पार्टि कार्यालयको शुभारम्भ संगै १ सय ६ जना अन्य पार्टि परित्याग गरि साथै नयाँ अनुहारहरुलाई नेपाली काग्रेसमा प्रबेश समेत गराईएको छ ।