सिरहाको सखुवानान्कारकट्टी गाउँपालिकामा नेपाली काङ्ग्रेस जित सुरक्षीत छस् नेता यादव
महेश सिंह सिरहा लहान २८कार्तिक- नेपाली काङ्ग्रेसको वडा अधिबेशन सिरहाको सखुवानान्कारकट्टी गाउँपालीका वडा न।५ मा सम्पन्न भएको छ्। स्थानिय चुनाव नजिकै आउन लाग्दा विभिन्न राजनीति दलहरुले आफनो पार्टीका नेता कार्यकर्ताहरुलाई सकृय गर्न लागेका छन्।निर्वाचन आयोगले चुनावको समय तोकीदा आफ्नो पार्टीको बर्चस्व कार्यम गर्न गाउँ गाउँमा नयाँ समितिहरु गठन गर्न लगेका छन। केन्द्रका र सिरहाको निर्णय अनुसार कार्तिक ७ गते सिरहा जिल्लाको प्रत्येक वडा अधिबेशन शनिबार गराउनु पर्ने नेपाली काङ्ग्रेसका जिल्ला सभापति राम चन्द्र यादवले बताए।
सिरहाको १७ वटा स्थानीय तहको सम्पुर्ण वडाहरुमा वडा अधिबेशन सम्पन्न गर्न जिल्ला सभापति राम चन्द्र यादवले निर्णय गरेका छन्। नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताहरुले वडा अधिबेशन गराउन बेस्त देखिएका छन् ।नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सिरहाको सखुवानन्नकारकट्टी गाउँपालिका वडा नम्बर-५ मा आज नेपाली काङ्ग्रेसको वडा कमिटी सर्वसम्मत रुपमा चयन भएको छ।नवगठित कमिटीको वडा सभापतिमा शत्रुधन प्रसाद साहको नेतृत्वमा २२ सदस्य नयाँ कर्यसमिती बिस्तार भएको हो ।नवगठित समितीको उप- सभापतिमा रामलोचन यादव , जगदीश यादव , सचीवमा अशोक कुमार यादव ,सिताराम यादव ,सह( सचीवमा रामेश्वर दास ,मगदिश साफी ,सदस्यहरुमा मो।जकिर मिया , पार्वती देवि यादव , सोभादेवी पासवान ,रामानन्द चौधरी लगायत २२ सदस्य समिती सर्वसम्मत रुपले चयन भएको निर्वाचन अधिकृत उपेन्द्र मुखियाले बताएका छन् ।
त्यस्तै पार्टीकै सिरहा निर्वाचन क्षेत्र नम्बर ( १ को ञखझ निर्वाचन क्षेत्रका लागी वडाबाट १५ जना क्षेत्रीय प्रतिनिधि सर्वसम्मत रुपमा चयन भएको छ । नवगठित क्षेत्रीय प्रतिनिधिमा रामसिया यादव ,ईनरदेव दास ,राजेन्द्र प्रसाद यादव ९ राजी०आशालाल चौधरी,देवप्रसाद यादव ,दिपेश कुमार यादव लगायत निर्बिरोध रुपमा चयन भएको नेपाली काङ्ग्रेसका युवा नेता बिजय कुमार यादवले जनकारी दिनु भयो ।











