सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठक बिहीबार भैरहवामा सम्पन्न

प्रकाशित मिति:

नेपाल कम्युनिष्ट पार्टी (एमाले) सिद्धार्थनगर नगर कमिटीको पूर्ण बैठक बिहीबार भैरहवामा सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष चक्र बहादुर थापाको अध्यक्षता, उपाध्यक्ष अर्जुन कुमार गिरीको स्वागत तथा सचिव नारायण प्रसाद भण्डारीको सञ्चालनमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।बैठकले यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको राष्ट्रिय महाधिवेशन अन्तर्गत खुला सत्रमा सिद्धार्थनगरबाट १ हजार ५ जना बढीको सहभागिता गराउने निर्णय गरेको छ ।

एमाले सिद्धार्थनगरको १३ वटै वडा कमिटीको बैठक मंसिर ४ गतेसम्म सम्पन्न गर्न र मंसिर ७ गतेसम्म महाधिवेशनमा जाने पार्टीका सदस्य, शुभचिन्तक तथा शुभेच्छुकहरुको नामावली नगर कमिटीलाई उपलब्ध गराउनुपर्ने बैठकले निर्णय गरेको नगर अध्यक्ष चक्र बहादुर थापाले बताए । एमालेको राष्ट्रिय महाधिवेशनलाई सफल बनाउन सिद्धार्थनगर नगर कमिटी लागिपरेको थापाले बताए ।बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला इञ्चार्ज दधिराम न्यौपानेले देशी–विदेशी शक्तिले एमालेलाई कमजोर बनाउने चलखेल गरे पनि त्यसलाई निस्तेज पार्ने दावी गरे । उनले अन्य पार्टीका नेता कार्यकर्ता एमालेमा गोलबन्द भइरहेको बताए । ‘पार्टीको १० औं राष्ट्रिय महाधिवेशन नजिक आइसकेको छ, यसलाई सफल बनाउनु हामी सबैको जिम्मेवारी हो, ’उनले भने ।पार्टीका केन्द्रीय कमिटी सदस्य, रुपन्देही जिल्ला सह–इञ्चार्ज तथा जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले एमालेको शक्ति आगामी १० औं राष्ट्रिय महाधिवेशनमा देखिने बताए ।

एमाले केन्द्रीय निर्वाचन आयोग सदस्य भरत कुमार पोखरेलले रुपन्देही क्षेत्र नम्बर ३ मा महाधिवेशन प्रतिनिधि छनौट सफलतापूर्वक सम्पन्न भएको बताए ।एमाले रुपन्देही जिल्ला कमिटी अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले सिंगो राष्ट्र एमालेमय बनेको बताए । उनले श्रमजीवी, प्रगतिशिल, देशभक्त जनताको आधारमा पार्टी अडिएको बताए ।पार्टीका लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य विश्वराज बराल (अनुप)ले एकताबद्ध भएर अगाडी बढ्नुपर्ने बताए ।एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य राजेन्द्र प्रसाद पन्थी, लक्ष्मी कोइराला (भावना), रुपन्देही जिल्ला सचिवालय सदस्य तथा क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थी, जिल्ला सचिवालय सदस्य चोपलाल आचार्य, जिल्ला कमिटी सदस्य जीवलाल अर्याृलले पार्टीको १० औं राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक, सफल र एकताको महाधिवेशन बनाउनुपर्ने बताए ।