१४ मंसिर,कञ्चन- जनमत पार्टीका केन्द्रिय अध्यक्ष डा.सि.के। राउत जनमत माटो यात्राका क्रममा रुपन्देहीको कञ्चनमा बुधवार आउने भएका छन। मेची महाकाली अन्तर्गत जनमत माटो यात्राको क्रममा कञ्चनको हरैया बहुमुखी क्याम्पसको पबित्र प्रांगणबाट माटो संकलन गर्ने र हरैया बजारमा कोणसभालाई सम्बोधन कार्यक्रम रहेको जनमत शिक्षक संघका केन्द्रिय सदस्य रामदेव यादवले जानकारी दिनु भएको छ।
गत मंसिर १० गते लुम्बिनीबाट शुरु भएको जनमत माटो यात्राको क्रममा कपिलबस्तुबाट फर्किनेक्रममा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं। ११ को मसिना स्थित धुपहीबाट मंसिर १५ गते रुपन्देहीमा डा। राउतले यात्रा शुरु गर्ने छन । लुम्बिनी सांस्कृतिक नगरपालिकाको धुपही देखि गैडहवा गाउपालिकाको जोगडा, लोण्डिहवा, सांडी हुदै कञ्चनको हरैया बजार आउने जनमत शिक्षक संघका केन्द्रिय सदस्य यादवले जानकारी दिनु भएको छ।
यात्राको क्रममा डा। राउतले कञ्चनमा रहेको हरैया बहुमुखी क्याम्पस ग्रामिण क्षेत्रको एकमात्र प्राज्ञिक क्याम्पस रहेको र उक्त क्याम्पसमा अध्यापनरत प्राध्यापक र क्याम्पस व्यबस्थापन समितिका पदाधिकारीहरुसंग संक्षिप्त भेटघाट गरी सुझाव संकलन समेत गर्ने कार्यक्रम रहेको यादवले जानकारी दिनु भएको छ।जनमत माटो यात्राको क्रममा संकलित माटोबाट बिबिध बिशेषतायुक्त उधानपार्क सहित रंगभेद बिरुद्धको एकता स्तम्भ निर्माण गर्ने कार्यक्रम रहेको जनमत पार्टीले जनाएको छ।











