१५ मंसिर,कञ्चन-जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सि।के।राउत रुपन्देही कञ्चनमा पुग्नु भएको छ। मधेश एकता उधान पार्क निर्माण र रंगभेद बिरुद्धको एकताको सन्देश लिएर जनमत माटो यात्राको क्रममा कञ्चन गाउपालिकामा पुग्नु भएको हो।गत मंसिर १० गते देखि लुम्बिनीबाट शुरुवात भएको जनमत माटो यात्रा कपिलबस्तु हुँदै बुधवारको रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं।११ को धुपहीबाट रुपन्देहीको यात्रा शुरु भएको हो। अध्यक्ष राउतले लुम्बिनी सांस्कृतिक नगरपालिकाको धुपही हुँदै गैडहवाको जोगडा, लोण्डिहवा, मोडहवा, बिचवापुर, भुजौली, सांडी, पच्चिस बगिया देखि कञ्चनको हरैया पुगेर हरैया क्याम्पसको प्रांगणबाट माटो संकलन गर्नु भएको थियो।
अध्यक्ष डा। राउतले जनमत यात्राको क्रममा आफ्ना समर्थक तथा शुभेच्छुकहरुसंग भेटघाट समेत गर्नु भएको थियो।।कञ्चन गाउपालिका वडा नं।३ मा रहेको हरैया बहुमुखी क्याम्पसको माटो जनमत बिधार्थी संघ,हरैया बहुमुखी क्याम्पस ईकाई समितिका सुनिल चौधरीले अध्यक्ष राउतलाई हस्तान्तरण गरेका थिए। हरैया बहुमुखी क्याम्पसको प्रांगणबाटै किन माटो संकलन गर्नु भएको त भन्ने स्थानिय पत्रकार जगिलाल थापाले गर्नु भएको प्रश्नमा अध्यक्ष राउतले क्याम्पस भनेको उच्च शिक्षा हासिल गर्ने पवित्र प्राज्ञिक थलो भएको र उक्त पवित्र थलोमा उच्च शिक्षा अध्ययन गर्न आएका देशका मेरुदण्डका रुपमा रहेका बिधार्थी र बरोबर नजरले प्रध्यापन गर्नु हुने प्राज्ञिक व्यक्तित्व अर्थात प्राध्यापकहरुको पवित्र पाईलाहरुले सञ्चित माटोले देशमा भईरहेको रंगभेद र क्षेत्रिय विभेद बिरुद्धको एकतालाई अझ बलियो बनाउन सक्ने भएकोले आफुले यस पवित्र स्थल हरैया बहुमुखी क्याम्पसको माटो संकलन गरिएको बताउनु भयो।
अध्यक्ष राउतले रुपन्दौही जिल्लाको सबैभन्दा ठुलो तालको रुपमा रहेको गैडहवातालको परिचय पुर्व र पश्चिममा नेपालीहरु माझ परिचित गराउन गैडहवाको बिशेषता सहित सन्देश प्रवाह गर्न गैडहवातालबाट माटो संकलन गर्ने समेत अध्यक्ष राउतले स्थानिय पत्रकार जगिलाल थापालाई बताउनु भयो।
अध्यक्ष राउतलाई स्थानियहरुले विभिन्न फुलमालाले स्वागत सहित अभिनन्दन गरेका थिए भने डा।राउतलाई भेट्न गाउँ गाउबाट गाउका मुख्य चोकहरुमा भेला भएका थिए।











