उपाध्यक्ष नेपाल माथि भएको आक्रमण माथि अनेरास्ववियु बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण
युवा बिद्यार्थी नेता अनेरास्ववियु बुटवल उपमहानगरपालिका कमिटी उपाध्यक्ष साथै बुटवल सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययनरत क.दिपेश राज नेपाललाई २०७८/०८/२१ गते मंगलबार बिहान १० बजे केही अपरिचित समुहले घरमै छिरि ज्यान मार्ने उद्देश्यले हमला गरेको प्रती अनेरास्ववियु बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । उपाध्यक्ष नेपाल माथि भएको आक्रमण माथि अनेरास्ववियु बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण सहित हमला गर्ने समुहलाई तत्काल पहिचान गरि कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ ।
विज्ञापित
मिति :- २०७८/१०/२२ गते
विषय- ध्यानाकर्षण सम्बन्धमा
हरेक क्षेत्रमा अग्रसर , समाजसेवि ,युवा नेतृत्व युवा बिद्यार्थी नेता अनेरास्ववियु बुटवल उपमहानगरपालिका कमिटी उपाध्यक्ष, बुटवल-१३ जितगढी बस्ने , बुटवल सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययनरत क.दिपेश राज नेपाल लाई मिति :- २०७८/०८/२१ गते मंगलबार बिहान १० बजे केही अपरिचित समुहले घरमै छिरि ज्यान मार्ने उद्देश्यले हमला गरेको प्रती अनेरास्ववियु बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।
समाजसेवि चल्दो बल्दो युवा बिद्यार्थी नेता आकर्षक माथी केही समुहलाई मन नपरेको अबस्थामा यसरी आक्रमण हुनु निन्दनीय छ। यस्तो कार्य गरेकोप्रति हामी र हाम्रो संगठन अत्यन्त अपती र घोर बिरोध गर्दछौ ।हमला गर्ने समुहलाई तत्काल पहिचान गरि कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न हामी र हाम्रो संगठन जोडदार माग गर्दछौं ।
उक्त घटना छानविन गर्न मा आनाकानी गरे ,लुकाउन खोजे अनेरास्ववियु बुटवल उप -महानगर कमिटी जस्तो सुकै परिस्थिति को सामना गर्ने र अनेरास्ववियुको नेता र कार्यकर्तामाथि हुने हमला मा अनेरास्ववियुले चेतवानी दिन चाहन्छौ ।
रोशन घिमिरे
अध्यक्ष












