उपाध्यक्ष नेपाल माथि भएको आक्रमण माथि अनेरास्ववियु बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण

प्रकाशित मिति:

युवा बिद्यार्थी नेता अनेरास्ववियु बुटवल उपमहानगरपालिका कमिटी उपाध्यक्ष साथै बुटवल सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययनरत क.दिपेश राज नेपाललाई २०७८/०८/२१ गते मंगलबार बिहान १० बजे केही अपरिचित समुहले घरमै छिरि ज्यान मार्ने उद्देश्यले हमला गरेको प्रती अनेरास्ववियु बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ । उपाध्यक्ष नेपाल माथि भएको आक्रमण माथि अनेरास्ववियु बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण सहित  हमला गर्ने समुहलाई तत्काल पहिचान गरि कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न माग गरेको छ ।

विज्ञापित

मिति :- २०७८/१०/२२ गते

विषय- ध्यानाकर्षण सम्बन्धमा

हरेक क्षेत्रमा अग्रसर , समाजसेवि ,युवा नेतृत्व युवा बिद्यार्थी नेता अनेरास्ववियु बुटवल उपमहानगरपालिका कमिटी उपाध्यक्ष, बुटवल-१३ जितगढी बस्ने , बुटवल सिद्धार्थ गौतम बुद्ध क्याम्पसमा अध्ययनरत क.दिपेश राज नेपाल लाई मिति :- २०७८/०८/२१ गते मंगलबार बिहान १० बजे केही अपरिचित समुहले घरमै छिरि ज्यान मार्ने उद्देश्यले हमला गरेको प्रती अनेरास्ववियु बुटवल उपमहानगर कमिटीको गम्भीर ध्यानाकर्षण भएको छ ।

समाजसेवि चल्दो बल्दो युवा बिद्यार्थी नेता आकर्षक माथी केही समुहलाई मन नपरेको अबस्थामा यसरी आक्रमण हुनु निन्दनीय छ। यस्तो कार्य  गरेकोप्रति हामी र हाम्रो संगठन अत्यन्त अपती र घोर बिरोध गर्दछौ ।हमला गर्ने समुहलाई तत्काल पहिचान गरि कानुनी दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न हामी र हाम्रो संगठन जोडदार माग गर्दछौं ।

उक्त घटना छानविन गर्न मा आनाकानी गरे ,लुकाउन खोजे अनेरास्ववियु बुटवल उप -महानगर कमिटी जस्तो सुकै परिस्थिति को सामना गर्ने र अनेरास्ववियुको नेता र कार्यकर्तामाथि हुने हमला मा अनेरास्ववियुले चेतवानी दिन चाहन्छौ ।

रोशन घिमिरे
अध्यक्ष