राधेश्याम विश्वकर्मा-भैरहवा । रोाहिणी गाउँपालिकाले वडा नम्बर ७ मा बस्ने जेष्ठ नागरिकलाई कम्बल वितरण गरेको छ । ७ नम्बर वडाका ३ सय बढीलाई न्यानो कम्बल बितरण गरिएको गाउँपालिकाले जनाएको छ ।
चिसो बढे संगै जेष्ठ नागरिकहरु बढी प्रभावित हुने भएकोले वडामा रहेका गाउँपालिकामा जेष्ठ नागरिकमा सुचिकृतहरुलाई कम्बल बितरण गरिएको रोहिणी गाउँपालिका अध्यक्ष सनोज कुमार यादवले जानकारी दिए । यादवले ७ नम्बर वडा कार्यालयले यस अघि नै बिनियोजन गरेको बजेटबाट उनिहरुलाई कम्बल बितरण गरेको बताए । यस संगै वडामा रहेका एकल महिलाहरुलाई पनि भोली कम्बल बितरण गर्ने उनले जनाए । रोहिणी गाउँपालिकाले चिसोबाट जोगिन छिट्टै दाउराको ब्यस्थापन समेत गर्ने उनले प्रतिवद्धता गरे । कम्बल बितरण कार्यक्रममा बोल्दै उनले चिसोबाट जेष्ठ नागरिक र बालबालिका बढी प्रभावित हुने भएकोले अति आवश्यक काम बाहेक उनिहरुलाई बाहिर नजान आग्रह गरे ।
बढी चिसो भएकोले गाउँपालिकाले निर्णय गरेर शुक्रबार सम्म सबै बिद्यालय बन्द गरेको र जेष्ठ नागरिकको हकमा गाउँपालिकाले कम्बल वितरण गरिरहेको उनले बताए । उनले पालिकामा रहेका अन्य वडाहरुका जेष्ठ नागरिक सम्म पनि यो कार्यक्रम पु¥याईने जनाए ।
वडा नम्बर ७ को कार्यवाहक वडा अध्यक्ष दुखनी थारुको अध्यक्षतामा सम्पन्न कम्बल बितरण कार्यक्रममा गाउँपालिकाको उपाध्यक्ष शिवकान्ती चमार, ७ नम्बर वडाका वडा सदस्य परशुराम गुप्ता, रविन्द्र यादव, कान्ती हरिजन कार्यालय सहायक धनकुमारी पाण्डे लगायतले बोलेका थिए । कार्यक्रमको सञ्चालन वडा सचिव बबिता यादवले गरेकी थिइन ।












