सुरेश परियार,पुष २७ गते- रुपन्देहीको सैनामैनामा सवारी दुर्घटना परि दुई जना घाइते भएका छन् । पुर्ब पश्चिम राजमार्ग अन्तर्गत सैनामैना वाड न.६ दुधराक्षमा आज मोरसाईकल र स्कुटि एक आपसमा ठोकिन्दा दुबै सबारीका चालक घाइते भएका हुन् ।
बुटवल देखि बाँसगढि जाँदै गरेका ग १३ प ४७१६ न.स्कुटि र लु १७ प ६८६७ न.को एकआपसमा ठोक्किदा स्कुटी चालक सैनामैना वाड न.१० बस्ने वर्ष २९का गोपाल न्यौपाने र मोटरसाइकल चालक सैनामैना वडा न.६ बस्ने वर्ष ३२का गणेश घाइते भएका हुन् । घाइते दुवैलाई स्थानीय मेडिकलमा उपचार गराईएको छ ।











