गैडहवाका मनिस मृत्युको शैयामा छटपटाउदै, अभिभावकद्वारा छोरा बचाइदिन आग्रह

प्रकाशित मिति:
 ३ माघ, कञ्चन- रुपन्देही गैडहवाका मनिस सुवेदी आर्थिक अभावका कारण उपचार हुन नसकी बुटवलको एक अस्पतालमा मृत्युको शैयामा छटपटाइरहेको आवस्था छ। गत पुष २३ गते घरमा खेलिरिहेको अवस्थामा खुट्टा चिप्लिएर भुईमा पल्टिदा टाउकोमा गम्भिर चोट लागेका कारण उनलाई बुटवल स्थित रुपन्देही सि.टी. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.को आई सि. यु. कक्षमा उपचारत छन।
घाइते मनिसलाई बचाउन निजका अभिभावक नेत्र प्रसाद सुवेदीले सबैसंग अनुनय बिनय गर्दै मिडिया सामु धाईरहनु भएको छ। अभिभावक सुवेदीले उसको बुवा काशिराम सुवेदीको यस अघि नै मृत्यु भईसकेको र आमा सुनिता काफ्ले दृघरोगी भई थला परिरहेको अवस्थामा दैवले फेरी उसैको परिवारमा पिडा थपिदियो भन्दै उपचारका लागि सहयोग जुटाइदिन बिभिन्न सञ्चार माध्यम मार्फत गर्नु भएको छ।गैडहवा गाउपालिका वडा नं. ४ को कार्यलयले आवस्यक सहयोग जुटाइदिन समेत निजका अभिभावक सुवेदी मार्फत पत्राचार गरेको छ। आर्थिक अभावका कारण मेरो नातीको ज्यान जाने भयो, अस्पतालमा मरन र शरनको दोसांधमा छ। कस्लाई के भनेर हुन्छ आर्थिक सहयताका लागि आग्रह गरिदिनु पर्यो भन्दै बिभिन्न संचार माध्यम मार्फत सहयोग जुटादिन आग्रह गर्नु भएको छ।
१० १२ दिन सम्म पनि आर्थिक अभावकै कारण समयमै उपचार हुन नसक्दा उनको स्वास्थ्यमा जटिलता आउन सक्ने रुपन्देही सि.टी. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.का चिकित्सकले बताएका छन। अभिभवाक सुवेदीले मनिषलाई बचाउन एन.आई.सी. एसिया बैंकमा NETRA PRASAD SUBEDI को नाममा रहेको खाता नम्बर B087015022152401 मा सक्दो आर्थिक सहयोग उपलब्ध गराइदिनु हुन सबैमा आग्रह गर्नु भएको छ। बुटवलमा हुने सहयोगी तथा शुभचिन्तकहरुले रुपन्देही सि.टी. एण्ड डायग्नोसिस सेन्टर प्रा.लि.मा स्वयम उपस्थित भई सक्दो सहयोग गरि आफ्नो नाती मनिषको उपचारमा सहयोग गर्न समेत अभिभावक सुवेदीले आग्रह गर्नु भएको छ। साथै थप जानकारीका लागि घाइते मनिषका अभिभावकलाई 9806936815, 98476410813 र 9848807981 सिधै सम्पर्क गरी सहयोग जुटाउनमा समन्वय गर्न अभिभावक सुबेदीले आग्रह गर्नु भएको छ।