कपिलवस्तुमा मदरसा एहयाउस्सुननको अर्धवार्षिक परिक्षा नतिजा तथा पुरुस्कार समारोह सम्पन्न
इमरान खान कपिलवस्तु ३ पौष । कपिलवस्तु जिल्लाको भिल्मीमा रहेको मदरसा एहयाउस्सुननको अर्धवार्षिक परिक्षा नतिजा तथा पुरुस्कार समारोह सम्पन्न भएको छ । अब्दुल गप्फार मुसलमानको अध्यक्षतामा प्रमुख अतिथि प्रदेश सांसद अर्जुन कुमार के.सी. मुख्य अतिथि संघिय समाजवादी फोरम नेपाल प्रदेश ५ का प्रवक्ता एवम युवा नेता अकरम पठान विशिष्ट अतिथि कृष्णनगर शिक्षा शाखा प्रमुख राम करन पाल अतिथिमा श्री सरस्वती प्राथमिक बिद्यालय प्र.अ. राम निवास पासी, मदरसाअतीकुलमदारिसका अध्यक्ष अमीरुल्लाह मुसलमान र दारुलउलुम अलगाका अध्यक्ष मोहम्मद मुस्तफा को उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अभिभावक, बुद्धिजीवी, समाजसेवी एवम शिक्षा प्रेमीको भारी संख्यमा उपस्तिथि थियो ।
मदरसाका प्र.अ. द्धारा स्वागत मन्तव्य दिदै उहाँले भन्नु भयो जब हामीहरु आधुनिक शिक्षा डिजिटल माध्यम द्धारा बिधार्थीहरुलाई निशुल्क शिक्षा दिरहेछम र साथै आधुनिक युगलाई माध्यनजर राख्दै कम्प्युटर शिक्षा पनि प्रदान गरिरहेकोमा पनि हामीहरु माथि किन दुरब्यवहार भइराखेको छ । उहाँले भन्नु भयो हामीहरुलाई समझ मै आइराखेको छैन की स्थानिय सरकार किन यस्ता ठाँउमा पहल गर्नबाट पछि हाटि राखेको छ । उहाँले कृष्णनगर नगरपालिका मेयर रजत प्रताप शाह लाई सम्बोधन गर्दै भन्नु भयो नराम्रो रहेका ठाँउमा बारम्बार किन लगानी भईराखेको छ उहाँले मेयर रजत प्रताप शाहलाई अफनो स्तर देखाउन निमन्त्रण दिदा पनि उहाँको उपस्तिथि भएन र उहाँले प्रदेश सरकार सँग मदरसा बोर्ड गठन गर्न अपिल समेत गर्नु भएका थिए । त्यसतै मन्तव्यकै क्रममा सांसद अर्जुन कुमार के.सी.ले भन्नु भयो धेरै दुख हुन्छ जब देखिन्छ सरकारी समुदाय बिद्यालयको शिक्षा तथा अनुशासन भन्दा मदरसाको शिक्षा तथा अनुशासन धेरै नै अगाडी रहेको छ त पनि यसलाई सरकारी बिद्यालय जस्तो सुबिधाहरुबाट किन बन्चित गरीएको छ र हामी प्रदेशमा निरन्तर यसलाई समाधान गरी अझै राम्रो बनाउने प्रयासमा जुटेका छम । त्यस्तै गरी विशिष्ट अतिथि एवम युवा नेता अकरम पठानका अनुसार मदरसाले जुन दिप जलाएका छन त्यसको उज्यालोलाई केन्द्र सरकार सम्मा पुयाउने छु र साथै म बाट हुनुपर्ने सम्पुर्ण सहयोग गर्ने प्रतिबद्धता समेत दिनु भएकोथिए ।












