बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ केवलानीचोकमा प्रतिक्षालय र सार्वजनिक शौचालय बन्ने भएको छ । लैंगिक र अपांगमैत्री शौचालय तथा आधुनिक प्रतिक्षालयको बिहीबार तिलोत्तमा–९ का वडाध्यक्ष नारायण न्यौपानेले शिलान्याश गरेका छन् ।
प्रतिक्षालय र शौचालय निर्माणका लागि समाजसेवी धनेन्द्र कार्की र क्रिमसन अस्पतालका अध्यक्ष चिन्तामणी पाण्डेयबाट १५ लाख रुपैयां र वडा कार्यालयबाट ३ लाख रुपैयां गरी १८ लाख रुपैयां लगानीमा निर्माण हुन लागेको हो । शिलान्याश कार्यक्रममा बोल्दै वडा अध्यक्ष न्यौपानेले वडामा सडक लगायत अन्य भौतिक पुर्वाधारमा संघीय सरकारबाट अन्य वडा भन्दा सबैभन्दा धेरै वजेट पारेर विकास निर्माण अघि बढाइएको बताए । कार्यक्रममा वडाभित्रका ८ वटै टोल विकास संस्थाका अध्यक्षहरु उपस्थित थिए ।











