रुपन्देहीको कञ्चनमा मंगल नालान्दा बौद्ध बिहारको शिलन्यास

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको कञ्चन गाउपालिकामा बौद्ध बिहार निर्माणका लागि शिलन्यास भएको छ। मंगल नालान्दा बौद्ध बिहार निर्माणका लागि भिक्षु उत्तराले एक कार्यक्रमका बिच शिलन्यास गर्नु भएको छ।कञ्चन गाउपालिका वडा नं. ४ स्थित अस्नैयामा रहेको धमिनाताल सामुदायिक बन उपभोक्ता समूहको बन क्षेत्रबाट बिहार निर्माणका लागि छुट्टाइएको खालीचौरमा नेपाल मगर बौद्ध सेवा समाज संघीय समितिले निर्माण गर्न लागेको हो । मंगल नालान्दा बौद्ध बिहारको शिलन्यास गर्दै भिक्षु उत्तराले बिश्वशान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल लुम्बिनीसंग कञ्चनलाई पनि आन्तसिक तथा बाह्य पर्यटन प्रबद्र्धनसंग जोड्न बिहारले सहयोग गर्ने बताउनु भयो ।

यस्तै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले मंगल नालान्दा बौद्ध बिहार निर्माण गर्नमा गाउपालिकाबाट पनि आवस्यक समन्वय र सहयोग हुने बताउनु भयो । बिहार निर्माण पछि कञ्चनको पर्यटन पब्रबद्र्धनमा सहयोग पुग्नेमा समेत अध्यक्ष क्षेत्रीले बिश्वास ब्यक्त गर्नु भयो ।कार्यक्रममा नेपाली कांग्रेस, रुपन्देही क्षेत्र नं. ५(क)का सभापति राम बहादुर थापाले मंगल नालान्दा बौद्ध बिहार निर्माण गर्न सबैसंग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता बयक्त गर्नु भयो । नेपाल मगर बौद्ध सेवा समाज संघिय समितिका बरिष्ठ उपाध्यक्ष बि.बि. रखालको अध्यक्षतामा समपन्न शिलन्यास कार्यक्रममा कल बहादुर पल्लीको स्वागत तथा मंगल नालान्दा बौद्ध बिहारका अध्यक्ष पार्वती घर्ति मगरले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।