दिपिका रेग्मी /एक साझँ १ बर्ष पहिले खोलिएको मेसेन्जरको ग्रुपमा कुनै साथीले मेसेज गर्नु भयो सिन गर्ने ५० जना मध्य उत्तर दिने दुइजना मात्र थियौं । मनमा चिसो पस्यो के फाइदा त्यो मित्रताको आज मेसेज सीन मात्रमा पुगेको छ।कुरा चल्दै थियो पुनमिलनको तर त्यो कुरालाइ पनि धेरैले चासो दिएको मानिन। त्यसै मध्ये धेरै जसो साथी पढ्न र कमाउन बिदेश लागिसक्नु भएको रहेछ र कुनै साथि बिदेशको बसाई पछि नेपाल फर्किनु भएको रहेछ। समुहमा ३५ जना साथीहरूको भेट हुने देखियो । कक्षाका पहिलो श्रेणीमा आउने सबै जनाको उपस्थिति थियो । आउने क्रममा गाडी , बाइक र पब्लिक यातायातमा आएका थिए ।
बालापनमा लाग्थ्यो प्रथम श्रेणीमा आउने , हाम्रो साथीले नै गाडी चढ्छ्न र महँगो समान प्रयोग गर्लान् तर अबसोस उनिहरु जिबनको परिक्षामा बिधालयमा जसरी सफल हुन त्यति सजिलो हुने रहेन्छ। मैले अनुमान गरेको अनुसार साधारण विद्यार्थी पनि पढाई बाहेकबाट धेरै प्रगती गर्न सक्दा रहेछ्न्। त्यहाँ आउने मध्य मैले महिला साथीहरु पनि खुसी देखे उनिहरुमा रुपको घमण्ड क्याम्पसमा भए जस्तो मानिन सायद जिवनले पाठ पढाई सकेछ । म्याथमा कम्जोर भएका राम्रो किसानि गरेर खाएका रहेछ्न् । कक्षा कोठामा सबैलाई हसाएर रमाइलो गराउने साथी आज कलाको लाइन समातेछ्न् । कक्षामा राम्रो भलनष्किज भएको साथी प्रोफेसर भएछन् । कक्षाको बाहेक गतिविधिमा बाहेक अरुमा अब्बल रहेको मित्रहरू लोकसेवामा नाम निकालेछ्न् ।
कक्षामा अलिकति धनको सेखी झार्ने साथी अरब तिर बसेर फर्केका रहेछन् र घरमा नै कुखुराको फर्म खोलेर बसेका रहेछ्न् । कक्षामा अन्तिम हुने साथी आफ्नो बुबाको ब्यापार सम्हालेर धनी भएका रहेछन् ।गफ गर्दै जादा पुर्ब प्रेमी पनि त्यस जमघटमा भेठ्नु पुगे मैले उनिहरुको मुहारमा एक मन्द मुस्कान बाहेक केहि देखिन उनीहरु एकअर्का को जिबनमा नमागिएको पात्र हौं भन्ने कुरा त्यही पुष्ठि भयो।मैले आज देखेको र भोगेको अनुसार मार्कशिट र जिबनमा फिट कतिपयको मात्र हुन्छ ।मानिसको मिहिनेत , लगनशील र भाग्यले जस्को पनि रुप परिवर्तन गर्न सक्छ । ।










