एम।सी।सी। सम्झौता बिरुद्ध कोण सभा

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको कञ्चन गाउपालिकामा राष्टघाती एम।सी।सी। सम्झौता बिरुद्ध कोण सभा गरिएको छ। कञ्चनमा कृयाशिल राजनैतिक दल तथा नागरिक समाजको नेतृत्वमा कञ्चनको गरगरेमा कोण सभा भएको हो ।कोण सभामा बोल्दै नेपाल कम्युनिष्ट पार्टी, क्रान्तीकारी माओवादीका नेता लक्ष्मीकान्त पौडेलले अमेरिकी सहयोग परियोजना भनिएको एम।सी।सी। सम्झौता कुनै नेपालको बिकासका लागि कुनै सहयोग परियोना नभएको बताउनु भयो ।

बिकास परियोजनाको रुपमा एम।सी।सी सम्झौता मार्फत अमेरिकालो एशियाली मुलुकहरुलाई आफ्नो कब्जामा लिई ती देशहरुको राष्ट्रिय स्वाधिनता र सार्बभौमिकता माथी हस्तक्षेप गर्ने साम्राज्यवादी रणनीति भएको नेता पौडेलले बताउनु भयो । यसैगरी राष्ट्रिय जनमोर्चाका मनिराम सापकोटाले एमसीसी सम्mभौता देशघाती भएको र यो सम्झौता लागु हुनासाथ देशको सार्बभौमिकता संकटमा पर्ने बताउनु भयो । नेकपा माओवादी केन्द्र, कञ्चन गाउ कमिटीका अध्यक्ष पुष्पराज शर्माले एमसीसी सम्झौतामा उल्लेख गरिएका देशको राष्ट्रिय हित बिपरितका बुंदाहरुको संशोधन नगरी कुनैपनि हालतमा एम।सी।सी पास हुन नदिने बताउनु भयो ।

कोण सभाबारे जानकारी गराउदै नेकपा एकिकृत समाजवादी, कञ्चन गाउ कमिटिीका अध्यक्ष अर्जुन ढकालले एमसीसी मार्फत अमेरिकाले नेपालको बिकास गर्न भनि गरिने हरेक खोज अनुसन्धान नेपालको बौद्धिक सम्पत्ती कब्जा गर्ने र देशको सम्पुर्ण प्राकृतिक श्रोत साधनहरु कब्जा गर्ने देशघाती सम्झौता भएकोले देशभक्त कञ्चनवासी एमसी।सी। सम्झौता बिरुद्ध संघर्षमा आउनुको बिकल्प नभएको बताउनु भयो। यसैगरी राष्ट्रिय जनमुक्ती पार्टीका नेता भैरब बहादुर थापाले एम।सी।सी। सम्झौता मार्फत देश बिकासको नाममा आउने भनिएको अमेरिकी डलरमा देशको अस्मिता सुरक्षित नहुने बताउनु भयो । बिकास परियोजना भएको भन्दै एम।सी।सी। सम्झौताका वकालत गर्ने कुनै पनि दल र तिनका नेताहरु देशघाती भएको समेत थापाले बताउनु भयो । यस्तै जनता समाजवादी पार्टीका नेता सोमनाथ पौडेलले दृशको हित बिपरित हुने कुनैपनि सन्धी सम्झौता नेपाली जनतालाई मान्य नहुने भन्दै एमसीसीमा उल्ल्ेख भएका कतिपय अस्पष्ट बुंदाहरु संशोधन गरिनु पर्ने बताउनु भयो ।राष्ट्रिय जनमुक्ती पार्टीका नेता रुम बहादुर फौजाको संयोजकत्वमा सम्पन्न कोण सभामा नेकपा माओवादी केन्द्र,नेकपा क्रान्तीकारी माओवादी, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा,जनता समाजवादी पार्टीको नेतृत्वमा कञ्चनका एमसीसी सम्झौता बिरोधी नागरिकहरुको सहभागिता रहेको थियो । नेकपा एमालेका गोपाल बिश्वकर्माको सञ्चालनमा कोण सभा सम्पन्न भएको थियो ।