रुपन्देही/अमेरिकी सहयोग अनुदान एमसिसिलाई लिएर रुपन्देहीको सैनामैनामा पनि विरोध सुरु भएको छ । आज सैनमौना वडा न.४,मुर्गियामा नेकपा माओवादी केन्द सैनामैना नगर समिति,नेकपा एकिकृत समाजवादी पार्टि नेपाल,राष्ट्रिय जनमोर्चा ,जसपा लगायत पार्टिले संयुक्त रुपमा एमसिसिको विरुद्धमा आन्दोलन भएको नेकपा माओवादी केन्द्र सैनामैना मुद्धा विभाग प्रमुख शान्ति बरालले जानकारी दिइन् ।
एमसिसि देश र जनताको हित विपरित भएको भन्दै अमेरिकी साम्रज्यवादलाई नेपाल प्रवेशमा रोक लगाउनुपर्ने अडान समेत राखे ।सोही कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द सैनामैना अध्यक्ष मान(नारायण)बहादुर महतले सहयोग गर्ने नाममा विभिन्न राष्ट्रघाती कदम चालिएको भन्दै यसबाट नेपाल र नेपालीको अस्तित्व मेटाउन खोजिएको आरोप लगाए । विभिन्न राष्ट्रघाती बुद्धाहरु राखेर एमसिसि संसदबाट पास गर्ने प्रयास भएकोले त्यो नेपालीको हितमा नभएको ठोकुवा समेत महतले गरे ।
पछिल्ला केही तत्वले नेपाललाई युद्धको मैदान बनाउने योजना भएकाले एमसिसि पास गर्न खोजिएको भन्दै यसको विरुद्धमा माओवादी केन्द्रले सधै प्रतिवाद गर्ने र आन्दोलन चर्कोउने चेतावनी दिए ।नेपाली कुनै पनि मुल्य चुकाउन तयार छ तर एमसिसि पास हुने पक्षमा नभएको कुरा समेत अध्यक्ष महतले उल्लेख गरे ।यस्तै,कार्यक्रममा नेकपा एकिकृत समाजवादी पार्टि नेपाल सैनामैना नगर अध्यक्ष देवराज पौडेल,जनमोर्चाका नेता कृष्ण बम मल्ल,माओवादी केन्द्रका नेता रामनाथ हरिजनले एमसिसि देशको राष्ट्रघाती सहयोग भएको भन्दै कुनै पनि हालतमा संसदबाट नगर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य भोला बस्याल,नेकपा माओवादी केन्द जिल्ला सल्लाहकार हरिहर भट्टाराई,सैनामैना नगर उपाध्यक्ष राजेन्द्र घिमिरे, नेकपा माओवादी केन्द सैनामैना नगर सचिब दिपक भण्डारी,किसान संघका जिल्ला सचिब जयश्वर रेग्मी,नेकपा माओवादी केन्दको सहायक संगठन वाईसियल सैनामैना नगर अध्यक्ष गोविन्द खरेल,माओवादी केन्द्र सैनामैना वडा न.४का सचिब सुरज भट्टराई लगायतको सहभागिता थियो । कार्यक्रममा लाल बहादुर क्षेत्रीले कार्यक्रमको सञ्चालन गरेको बताइएको छ ।












