स्याङ्जा गल्याङ ७ को वार्ड अध्यक्षको उम्मेदवारमा भुसालको चर्चा

प्रकाशित मिति:

स्याङ्जा – नेपाल सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते गर्ने निर्णय गरेसङ्गै अहिले सबै स्थानिय तहमा उम्मेदवार को चर्चा शुरु भएको छ । अन्य उम्मेदवार संगै नेपाली काङ्ग्रेसबाट वार्ड अध्यक्ष उम्मेदवारका रुपमा प्रकाश भुषालले आफुलाई अगाडी सार्न स्थानीयहरुसंगै पार्टीसंग आग्रह गरेका छन्। उनले सर्वसम्वत रुपमा पार्टीले उम्मेदवार वनाएर चुनावमा होमीने मनस्थीती रहेको कुरा हामीसंग वताएका छन् ।

सानै उमेरदेखी सामाजिक काम संगै राजनितीमा लागेका भुसाल काङ्ग्रेसको आसन्न १४ औं महाधिवेशनमा गल्याङ नगरपालिका वडा नम्बर ७ को वार्ड उपसभापतिमा पनि निर्वाचित भएका थिए । उनी २०६१ सालमा श्री भानुभक्त उच्च मावि गल्याङको कक्षा १० समीतीको नेविसंघको सभापति भएपछी औपचारीक रुपमा राजनीतीमा लागेका थिए । २०६४ देखि २०७८ सम्मको नेविसंघ क्षेत्रीय सभापति वनेका भुसाल राजनीतीमा निरन्तर कृयाशील रहेका छन् । सर्वसहमत रुपमा पार्टीले उम्मेदवार वनाएको खण्डमा चुनाव जित्न सकीने उनको विश्वास छ । युवाजोस र जागरले भरीएका भुसालले अवसर पाएको खण्डमा केही गरेर देखाउने चाहाना रहेको वताए