कञ्चनमा नेकपा माअोवादी केन्द्र कञ्चनको पुनर्मिलन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न
नेकपा माओवादी केन्द्र, कञ्चनद्वारा शहिद सप्ताह अन्तर्गत पार्टी पुनर्मिलन तथा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ। शनिवार रुद्रपुर सामुदायिक बन उपभोक्ता समूहको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजबादी, नेकपा क्रान्तीकारी माओवादी, नेकपा लगायत बिभिन्न राजनैतिक दलमा आस्था राख्ने करिब १०० भन्दा बढी नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्रमा प्रबेश गरेका छन।
पार्टी प्रबेश तथा पुर्नमिलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा लुम्बिनी प्रदेश इन्चार्ज बलदेव शर्माले हामीले उठाएको राजनैतिक एजेण्डाले देशमा आमुल परिबर्तन भएको बताउनु भयो । लुम्बिनी प्रदेशका पुर्व मन्त्री समेत रहनु भएको नेता शर्माले माओवादी केन्द्रको राजनैतिक एजेण्डा अनुसार देशमा गणतन्त्र आयो, संघिय संरचनामा देशको राज्य पुनसंरचना भयो तर सत्ता अन्य दलहरुको हातमा गएका कारण हिजो राजा र रैतीको संस्कार अन्त्य गर्न जिवन बलिदान दिएका शहिद परिवारहरुको आत्ममा ठेस पुगेको हुंदा अवको चुनावमा नेकपा माओवादी केन्द्रलाई स्थानिय तह देखि केन्द्र सम्म विजयी बनाउनु पर्ने बताउनु भयो ।
यस्तै नेकपा माअोवादी केन्द्रका लुम्बिनी प्रदेश सह इन्चार्ज हकिउल्लाह खांले बर्षौं देखि राज्यबाट पछाडी पारिएका जनतालाई राज्यको हरेक अंगमा समान पहुंच पुराउनको लागि संघर्ष गरेकै कारण हरेक देशमा आमुल परिबर्तन आएको बताउनु भयो । हामी जसको लागि संघर्ष गर्यौं र सफल पनि भयौं तर आज अधिकारको खास अनुभुत गराउने समयमा जसले बर्षौं देखि जनतालाई अनागरिक बनाउदै आएका समान्ती दलहरुकै हातमा शासन सत्ता गएकैक कारण फेरी शोसित पिडित जनताहरु अधिकार बिहिन हुन बाध्य भएको नेता खाँले बताउनु भयो । अव पार्टीलाई पुनजागृत गराई हरेक क्षेत्रमा नेकपा माओवादी केन्द्रलाई स्थापित गरी स्थानिय तह देखि केन्द्रसम्म माओवादी केन्द्रकै शासन सत्ता स्थापित गर्न हरेक नेता कार्यकर्ताहरुलाई नेता खाँले आग्रह गर्नु भयो
कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेब क्षेत्री, नेकपा माओवादी केन्द्र रुपन्देही जिल्ला संयोजक निर्मल जि।सी। लगायतले पार्टी पुरानै लय र आकारमा फर्किएर जसको एजेण्डा उसकै सत्ता बनाउन एक भएर लाग्नु पर्नेमा जोड दिनु भएको थियो । नेकपा माओवादी केन्द्र, कञ्चनका अध्यक्ष पुष्पराज शर्माको अध्यक्षता, उपाध्यक्ष ननुलाल उपाध्यायको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव कुमारी घर्ति मगरले गर्नु भएको थियो।












