पुरीको संयोजकत्वमा लिची आँप जोन

प्रकाशित मिति:

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कार्यान्वयन ईकाई स्याङ्जाको आयोजनामा चापाकोटमा शुक्रबार आयोजित कार्यक्रममा चापाकोट र गल्याङ नगरपालिकामा काम गर्ने गरि लिची आँप जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ ।कार्यक्रममा बिश्वास पुरिको संयोजकत्वमा ९ सदस्यीय लिची आँप जोन सञ्चालन समिति गठन गरिएको छ ।

उप- संयोजकमा कृष्ण पोख्रेल सचिवमा प्रदिप पान्डे सह-सचिवमा मोहन प्रसाद डुम्रे कोषाध्यक्षमा सिर कुमारी सिङ रहनु भएको छ । सदस्यहरुमा राजन भट्टराई, हेमा कुमाल, सुन्दर पंज्ञेनी, सीता थापा रहनु भएको छ ।कार्यक्रममा चापाकोट नगर-प्रमुख शिव कुमार गिरी,वडा नं ४ का वडा अध्यक्ष बिक्रम शारु, वडा नं ९ का वडा अध्यक्ष शंकर भक्त भण्डारी, जिल्ला समन्वय समिति सदस्य बिष्णु आचार्य, किसान बहुप्राबिधिक शिक्षालयका प्राध्यापक मोहन बहादुर कार्की, सुन्तला सुपर जोन स्याङ्जाको अध्यक्ष तारा प्रसाद अर्यालले मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन परियोजना ईकाईको प्राबिधिक सहायक ईन्द्र सुवेदीले गर्नुभएको थियो । उक्त समितिले चापाकोट नगरपालिकाको १० वटै वडा र गल्याङ नगरपालिकाको ६ वटा वडामा कार्यक्रम सञ्चालन गर्ने छ