सैनामैनाकी मनकारि सुस्मिता : खाद्यन्न र न्यानो कपडा बोकेर विपन्न परिवारमा पुगिन्

प्रकाशित मिति:

सुरेश परियार/सैनामैनाकी मनकारि सुस्मिताले सैनामैनाका १० अति विपन्न घर परिवारलाई खाद्यन्न तथा न्यानो कपडा सहयोग गरेकी छन् ।सामाजिक काम र सहयोग गर्न रुचाउने सैनामैना वडा न.६,दुधराक्ष निवासी २८ वर्षिय सुस्मिता गौतम पोख्रेलले करिब ७० हजार बराबरको घरायसी सामाग्री सहयोग गरेकी हुन् ।

मुगु जिल्लाबाट बसाईसराई गरि सैनामैना वडा न.५ र ६मा आएका ति गरिब परिवारलाई करिब १ महिना पुग्ने खाद्यन्न सामाग्री वितरण गरिएको हो । सहयोगमा प्रतिक घरधुरीलाई २५ केजि चामल,दाल,तेल ,ब्रस,साबुन लगायत घरमा चाहिने सम्पुर्ण सामान प्रदान गरिएको हो ।आफुले कमाएको पैसाबाट समाजमा रहेका विपन्न परिवारलाई मानवीयताको हिसावले सहयोग गरेको सहयोगदाता सुस्मिताले बताइन् । प्रत्येक वर्ष आफुले सहयोग गर्देै आएको बताउदै आगामी दिनमा समेत सहयोगी भावना अघि बढ्ने बताईन् । सामान पाए संगै ति परिवाले खुशी ब्यक्त गरेका छन् ।