कञ्चनमा ४० औं मगर एकता दिवस भव्य रुपमा सम्पन्न

प्रकाशित मिति:

रुपन्देही/रुपन्देहीको कञ्चन गाउपालिकामा ४० औं मगर एकता दिवस तथा संघको स्थापन दिवस भब्य रुपमा सम्पन्न भएको छ। कञ्चनको बुद्ध रंगशालामा भएको कार्यक्रममा मगर परमपराका सांस्कृतिक खेलकुदहरु रसी तानातान, छेलो फालो, चम्चा दौड जस्ता प्रतियोगिताहरु सञ्चालन गरिएका थिए ।कार्यक्रममा एकल तथा सामुहिक सांस्कृतिक नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो । एकल नृत्य प्रतियोगितामा विविका थापा प्रथम हुनु भएको थियो भने कृतिका रमजाली मगर दोश्रो भएको थियो ।यस्तै प्रतियोगितामा रेखा पन्थी तेश्रो हुनु भयो ।

यस्तै सामुहिक नृत्यमा कञ्चन ४ को रोधी आमा समूह प्रथम भएको थियो भने नेक्स्ट स्टार दोश्रो भएको थियो । यसैगरी प्रतियोगितामा नेपाल मगर महिला समूह, कञ्चन ४ तेश्रो भएको थियो ।४० औं मगर एकता दिवसको अवसरमा शुभकामना मन्तव्य दिदै कञ्चन गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले बहु भार्षिक तथा बहु सांस्कृतिक सम्पन्न देशको सुन्दरतालाई कायम गर्न कञ्चन गाउपालिकाले स्थानिय स्तरबाट मगर संग्राहलय स्थापना गर्न लागेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका अध्यक्ष क्षेत्रीले देशमा रहेका हरेक जाती समुदाय भाषा, धर्म र संस्कृतिको संरक्षण र प्रबद्र्धन राज्यले नै गर्नु पर्ने र त्यसैको सिलसिला नै कञ्चनले थारु संग्रहालय र मगर संग्राहलय निर्माणको अवधारण ल्याएको बताउनु भयो ।

यसैगरी कञ्चन गाउपालिकाका उपाध्यक्ष गोमा तरामुले मगर जातीको भाषा धर्म र संस्कृतिको संरक्षण एक दिनको सम्भवले नहुने भएकोले हरेक मगरले आफ्नो भाषा र संस्ककृतिको नियमित अभ्यास हुनु पर्ने बताउनु भयो । जव सम्म त्यो जाति र समुदायमा राजनैतिक, शैक्षिक, सामाजिक, आर्थिक लगायतका पक्षहरुमा सवल र सचेत हुन सक्दैन तव सम्म ती समुदायहरुको सबै पहिचानको लोप हुने उपाध्यक्ष तरामुले बताउनु भयो ।

नेपाल मगर संघ, कञ्चन गाउ कार्य समितिका भुर्ब अध्यक्ष भैरब बहादुर थापाले मगर जातीको भाषा धर्म र संस्कृतिको जगेर्न र प्रबद्र्धनमा राज्यले बिभेद गर्दै आइरहेको आरोप लगाउनु भयो । मगरको इतिहास, भाषा, धर्म, कला, संस्कार, संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले २०३९ सालको फाल्गुण १५ गतेका दिन तनहुंको दमौलीमा प्रथम राष्ट्रिय स्तरमा मगरहरु भेला भई सम्मेलन गर्न सफल भएको दिनलाई आधार मानी सोही समयदेखि मगर दिवस मनाउन थालिएको हो संघका पुर्व अध्यक्ष थापा मगरले स्मरण गर्नु भयो ।संघका पुर्ब अध्यक्ष थापा मगरले ूत्यो समयमा पञ्चायती व्यवस्था थियो । जनताहरु खुलम खुल्ला सभा सम्मेलन गर्न पाउने अवस्था थिएन । प्रशासनको आँखा छल्दै लुकीछिपि भेला सम्मेलन गर्नुपर्थ्यो । अहिलेको जस्तो वाक स्वतन्त्रता थिएन । निरङकुशताको जञ्जीर भित्रबाट स्थापना भएको तत्कालीन नेपाल लाङघाली परिवार संघ पञ्चायती कालभरी सुषुप्त अवस्थामा रह्यो । २०४६ सालमा प्रजातन्त्रको पुनर्वहाली पश्चात् यस्ले गति समात्योू भन्दै तत्कालीन नेपाल लाङघाली परिवार संघलाई संशोधन गरि नेपाल मगर संघको नाम परिबर्तन गरी गतिबिधीहरु संचालन गर्दै आइरहेको जानकारी गराउनु भयो ।संघका अध्यक्ष कविराज काउचा मगरको अध्यक्षता, सचिव मोती थापा मगर र सह सचिव मदन थापाको संयुक्त संचालनमा समपन्न कार्यक्रममा संघका उपाध्यक्ष थम बहादुर सिंजाली मगरले स्वागत गर्नु भएको थियो।