पश्चिम नवलपरासीका नाका ४८ घण्टाको लागि बन्द

प्रकाशित मिति:

भारतसँग सीमाना जोडिएका पश्चिम नवलपरासीका नाका ४८ घण्टाका लागि सिल(बन्द) हुने भएका छन्।भारतको उत्तर प्रदेश राज्यको विधान सभा चुनावका लागि नाका सिल गर्न लागिएको जिल्ला अधिकारी मिश्रले जानकारी दिए।त्यहाँ हुने विधान-सभा चुनावको लागि सोमबार बेलुका ६ बजेदेखि बिहिबार बेलुका ६ बजेसम्म नाका महेशपुर नाका पूर्णरूपले बन्द रहने रुपन्देही र पश्चिम नवलपरासीका दुवै जिल्लाका प्रशासनले जनाएको छ।

नवलपरासी, रुपन्देही र भारत महाराजगञ्ज जिल्लाका सीडीओसहित सुरक्षा अधिकारीहरुको आइतबारको अनलाइन बैठकले फागुन १७ गते बेलुका ६ बजेदेखि १९ गते बेलुका ६ बजेसम्म नाका सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए। नाका सिल भएको समयमा मानिसको आवतजावत समेत पूर्ण रुपमा रोकिने छ। चुनावको अघिल्लो दिन १८ गते सम्म भने मतदाताहरु मात्र परिचय पत्रका आधारमा भारत जान पाउने छन्। भारतको महाराजगंज जिल्लामा १९ गते ९३ मार्च० चुनाव हुँदैछ । १६ गते देखिनै सीमा नाका भारतीय पक्षले बन्द गरेको छ ।दुवै देशका सुरक्षाकर्मीहरुले संयुक्त गस्ती गर्ने छन्। बैठकमा नेपाली पक्षले राखेको बैशाख ३० गतेको स्थानीय निर्वाचनलाई सहयोगको आग्रहलाई पनि भारतले पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रजिअ मिश्रले बताए।