स्याङ्जाको मिर्मीमा भलीवल प्रतियोगीता हुने

प्रकाशित मिति:

स्याङ्जाका । स्याङ्जाको कालीगण्डकी गाउंपालीका ७ मिर्मी फाटंमा श्री मिर्मिरे युवा क्लवको आयोजनामा भलीवल प्रतियोगीता हुने भएको छ । यही २४ गते देखी २६ गते सम्म हुने खेलमा करीव २५ टिमको सहभागीता हुने लक्ष्य राखीएको छ । खेललाई स्वास्थ्यसंग जोड्ने उदेश्यले प्रतियोगीता आयोजना गरीएको छ । खेलले विभिन्न ठाउंका व्यक्तीहरुका विचमा भाईचारा स्थापीत हुने विश्वास गरीएको छ । खेल को उदघाटन गाउपालीका अध्यक्ष खीम थापाले गर्नु हुनेछ भने समापन प्रदेश सांसद भागवत प्रकाश मल्लले गर्ने कार्यक्रम रहेको छ