नेपाल पशुपन्छी औषधि व्यवसायी संघ १३औं राष्ट्रिय महाधिवेशन भैरहवामा हुने

प्रकाशित मिति:

नेपाली पशुपन्छी औषधि क्षेत्रको समुचित उपयोग तथा बृहतर विकास गर्ने उद्देश्यले गुणस्तरीय औषधिको उपलब्धता, व्यवसायिक संरक्षणमा हाम्रो ऐक्यवद्धता” भन्ने मुल नाराका साथ नेपाल पशुपन्छी औषधि व्यवसायी संघको राष्ट्रिय महाधिवेशन हुने भएकाे हाे। अगामी फागुन २० र २१ गते आयोजना हुने राष्ट्रिय महाधिवेशन लुम्बिनी प्रदेश सरकार कृषि साथ प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीकाे प्रमुख आतिथ्यमा हुने संघले जनाएको छ ।

तत्कालिन समयमा सिमित संख्यामा रहेका पशुपनी औषधि व्यवसायीहरुको संख्या बुद्धी गरी २०४६ सालको जनआन्दोलन पछि नेपालका सबै क्षेत्रका व्यवसायीहरुलाई सुसूचित र संगठित हुने अवसर मिलेकाे माहासचिव नारायण प्रसाद खनालले बताए ।नेपालमा हाल १० वटा स्वदेशी कम्पनीले भेटेरीनरी औषधि, भ्याक्सिन र फिड सप्लिमेन्टहरु उत्पादन गरी बिफि वितरण गर्दै आईरहेका छन् भने १२५ कर्ताहरुले औषधि, भ्याक्सिन तथा फिड सप्लिमेन्टमहरु पैठारी गरी बिक्री वितरण गर्दै आईरहेका छन्। करिव ४५० पोका र बाँकी खुद्रा विक्रेताहरुबाट देशैभरी र राज्यका पहुंच नपुगेका स्थानमा समेत प्रावधिक सेवा सहित व्यवसाय संचालन गर्दै आएका छन् । यसरी उत्पादक, पैठारी, थोकर खुद्रा गरी चार तहबाट भेटेरिनरी औषधि फिड सप्लिमेन्ट तथा औषधिजन्य पदार्थहरूको करीब ११ अर्बको वार्षिक कारोबार हुदै आएको छ।

मुलुक अहिले दुध, मासु, अण्डा, दाना र चल्लामा आत्मनिर्भर भईसकेको छ । नेपाल सरकारबाट निजी क्षेत्रको एकमार आत्मनिर्भर घोषणा भएको पोल्ट्री क्षेत्रमा करिब रु १५० अर्बको लगानी रहेको प्रत्यक्ष र अप्रत्यक्षरी करिव ५,००,००० को रोजगारी भएको, कुल ग्राहस्थ उत्पादनमा करिव ४ प्रतिशतको योगदान गरेको र कृषि क्षेत्रमा मात्रै २५ प्रतिशतको योगदान रहेको अवस्थामा यस पशुपन्छी औषधि व्यवसायले करिव २५०,००० को प्रत्यक्ष र परोक्ष रोजगारी प्रदान गरी रहेको छ । पशुपन्छी औषधि, भ्याक्सिन तथा फिड सप्लिमेन्टको कुल माग मध्ये करिब २०३. मात्र स्वदेशी उत्पादनले धानेको छ भने बाकी ८०% विदेशबाट आयातित हुने गरेको छ ।

हाल पशुपन्छीको स्वास्थ्य उपचार पढ़तीमा चाहिने अत्यावश्यक तथा जिवनरक्षक औषधि एण्टीबायोटिक्स त्रौषधि लगायतको चरम अभाव रहेकोमा त्यस्ता औषधिहरुका दर्ता तथा सहज उपलब्धताका लागी महाधिवेशन मार्फत सार्थक पहल गरिनेछ विज्ञप्तिमा उल्लेख छ । यस कार्यक्रममा देशभरीका ७ प्रदेश २२ शाखाबाट कुल १९०४ सदस्यहरु मध्येको ५ बराबर १ प्रतिनिधी हुने गरी करिब ५०० जना प्रधिनिधीको सहभागितामा रहने छ । उक्त महाधिवेशनबाट १ अध्यक्ष, उपाध्यक्ष, महासचिव, १ मचिम १ कोषाध्यक्ष, १ महिला सदस्य खुल्ला सदस्य र सातै प्रदेशबाट ७ जना, १ मनोनित सदस्य साधे निवर्तमान अध्यक्ष पदेन रहने गरी कुल २१ सदस्यीय कार्य समितिको आगामी २ वर्षे कार्यकालका लागी निर्वाचित हुने छन् ।