सुरेश छन्त्याल-बागलुङ गलकोट नगरपालिका १० पाण्डवखानीको रमुवामा २७ गते घरपरिवारको सम्पर्क विहिन रहेको ५ वर्षिय बालक सकुशल फेला परेका छन् । प्रेम बि क र लक्ष्मी बि।कको छोरा सिसिर बि।क आफ्नो आमा संग घर नजिकको जंगलमा घाँस दाउरा काट्न गएको बेला जंगल बाट घर नफर्कीएपछि पुरै गाउँबासिको सक्रियतामा खोजि कार्य पछि फेला परेका छन् ।

फागुन २७ गते दिउसो ३ बजे हराएको र आज सोहि समयमा फेला पारेको स्थानीय दिपक वि।क ले जानकारी दिनुभयो वि।क को अनुसार बालकलाइ त्यस स्थानमा रहेको देव देविकाले लगेको हुन सक्ने र बालकलाई न चिसोले छोयो न भोग नै लाग्यो २७ गते दिउसो ३ बजे हराएको बालक आज सोहि समय र स्थानमा सकुशल फेला परेका छन् ।












