सुरेश परियार/मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय सभापति गोविन्द खनालले विश्वयुद्धको संकेत दुर्भाग्यपुर्ण भएको बताएका छन् ।युद्ध चाहादैनौँ,युद्ध रोकौँ भन्ने उदेश्यले सैनामैना जेसिजको आयोजनामा विश्व शान्तिको कामना गर्दै शनिबार भएको दिपप्रज्ज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खनालले शक्ति प्रर्दशन गर्ने बहानामा हुने विश्वयुद्धले मानवजातीलाई सखाप पार्ने र ढुङ्गे युगको प्रारम्भ हुने भएकाले युद्ध विश्वकै लागी दुर्भाग्यपुर्ण हुने बताएका हुन् ।

उनले शान्तिमा सबैको जय हुन्छ र युद्धमा सवैको क्षय हुने भएकाले युद्ध मानव जिवनका लागी स्विकार्य हुन नसक्ने कुरा औँल्याए । युद्धका कारण मानव अधिकार हनन् हुने,नागरिकको जन्मसिद्ध अधिकार खोसिने हुँदा आजको आवश्यकता विश्व शान्ति नै भएको ठोकुवा सभापति खनालले गरे ।रुस र युक्रेन विच भइरहेको युद्धले मानव जिवनलाई अस्तब्यस्त र आक्रान्त बनाईरहेएको सन्र्दभमा शान्ति समाजले शान्तिकै लागी कामना गरिहेको बताए । रसियनले आणविक अस्त्र प्रयोग गर्नेे धम्की दिइरहेको अवस्थामा आणविक अस्त्र निशस्तीकरण गर्न माग गरिएको समेत सभापति खनालले उल्लेख गरे ।
सभापति खनालले सबै युवाहरुले शान्तिकै कामना गरिरहेको बताउदै सैनामैना जेसिजले पनि शान्तिका लागी दिप नै प्रज्जवलन गरि सन्देश दिइरहेको प्रति खुशी ब्यक्त गरेका छन् ।यस्तै कार्यक्रममा सैनामैना जेसिजका संस्थापक अध्यक्ष राम प्रसाद अधिकारीले युद्धले मानव जिवनको अस्तित्व नै धरापमा पार्ने बताएका छन् । दुईदेशीय युद्धले फेरी तेस्रो विश्वयुद्ध निम्ताउने त होइन भन्ने संकेत सिर्जना गरेको बताउदैँ अधिकारीले सवैले आ आफनो ठाउँबाट शान्तिको कामना गर्न आग्रह गरेका छन् ।
यसैगरि सैनामैना जेसिज वर्ष २०२२का अध्यक्ष रामचन्द्र ढकालले समाजिक काम मात्र होइन सैनामैना जेसिजले विश्व शान्तिको कामना र सन्देश दिइरहेको बताए । जव समाज,देश र विश्व नै अशान्ति हुन्छ त्यहाँ हिंसा र क्षय हुने सम्भावना प्रवल हुने तर्क समेत अध्यक्ष ढकालले गरे । शान्तिको सन्देश विश्वभरी नै जाओस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको ढकालले बताए ।कार्यक्रममा समाज सेवी चित्र बहादुर के.सी,सैनामैना जेसिजका पुर्व अध्यक्षहरु नन्दु थापा,विमल ज्ञवाली,सुवास पौडेल,समाजसेवी लाल प्रसाद पंगेनी,तरुण परिचालन समिति सैनामैना नगरसमितिका संयोजक प्रतिक श्रेष्ठ,वाईसिएल सैनामैना नगर अध्यक्ष शान्ति बराल,युवा सघं सैनामैना नगर उपाध्यक्षद्धय बादल चन्द ठकुरी,केशव पाण्डे,इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरिक्षक जिवन लामिछाने लगायतको आतिथ्यता रहेको थियो ।सैनामैना वडा न.४मुर्गियामा भएको कार्यक्रममा कानुनी सल्लाहाकार भेषराज भण्डारीको आस्थापाठ,ई.भि.पि यदुनन्द भण्डारीको स्वागत तथा जेसिजका महासचिब कृष्ण भण्डारीको सञ्चालनमा सम्पन्न भएको अध्यक्ष सल्लाहकार गोविन्द खरेलले जानकारी दिए ।












