बुटवल। देवदहमा दोश्रो पार्क साम्मेलन सम्पन्न भएको छ । देवदहमा ८ चैत्र देखि २२ सम्मचलेको राष्ट्रिय मुर्तिकला कार्यशालाआयोजक समितीले उक्त कार्यक्रमको आयोजना गरेको हो । पहिलो पार्क सम्मेलन २०७६ सालमा भएको थियो । त्यो सम्मेलनले गौतम बुद्ध राष्ट्रिय अभियान राष्ट्रिय काष्ठकलाको आयोजना २०७६ जेष्ठ ८ देखि १६ मा गरेको थियो
पार्क सम्मेलनमा नेपाल फाईन आर्ट क्याम्पस काप्रो. डा यम शर्माले पार्कका थिमहरु र कलाको अभियानका बिषयमा एक कार्यपत्र प्रस्तुतगर्नु भयो ।
कार्यपत्रमा उहाँले सामुदायिक वन र पार्कहरुले भरिएको देवदहलाई पार्कको शहरको रुपमा स्थापित गर्ने ठूलो सम्भावना रहेको बताउनु भयो ।देवदहका पार्कलाई कलाले सजाऔ एतिहासिक देवदहलाई विश्वमा चिनाऔं मुल नारा तयर गरेर ड्रिम देवदहका अभियन्ताहरुले सामुदायिक वनका समितीसंगको सहकार्यमा पार्कमा कलाअभियान सञ्चालनगरिरहेका छन ।
आज सम्पन्न पार्क सम्मेलनले देवदहमा तेश्रो राष्ट्रिय कला कार्यशाला गर्ने पनि सर्वसम्मत निर्णय गरेका छन । सम्मेलनमा देवदहका ११ वटापार्कका पदाधिकारी सहभागिहुनु भएको थियो ।कार्यशाला संयोजक ड्रिम देवदह युनीटि फर चेन्जका अभियन्ता सिद्धिचरण भटराईको अध्यक्षतामा भएको सम्मेलनले कार्यशालाको समापन समारोमा घोषणा गर्ने गरी पवन पौडेलको संयोजकत्वमा दिपेश बश्याल र यम थापा रहेको ३ सदस्यीय घोषणापत्र तथानिष्र्कस अभिलेखीकरण समितीबनाएको छ ।संयोजक भटराई देवदहका पार्कमा कलाबिषयकअवधारणा पत्र प्रस्तुतगर्नु भएको थियो ।
देवदहमा काष्ठकला , प्रस्तर कला स्थापित भए संगै अरु विधाका कलाहरु पार्कमा स्थापित गर्नुपर्छ भन्ने माग बढेको छ । जैविक विविधता पार्क, बोटानिकल गार्डेन, वाटर पार्क, राषिपार्क, अर्नामेण्टल पार्क, यसोधरा, प्रजापतिपार्क, मायादेवीपार्क जस्ता अवधारणाहरुमा आधारित पार्कहरुका थिमहरु प्रस्तुत भएका थिए ।कार्यक्रममा कार्यशाला गोष्ठीका सह संयोजक भरत गुरुंग, सामुदायिक वन सञ्जालका खेमनारायण अधिकारी, प्रगति सामुदायिक वनका पवन पौडेल,गौतम बुद्ध राष्ट्रिय उद्यान काटेक बहादुर राना, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका ओम खत्रीले सम्मेलनमाआफना धारणाहरु राख्नुभएको थियो ।पार्क सम्मेलनल र कलाकार्यशाला लाई निरन्तरता दिने निष्कर्ष निकालिएको सम्मेलनले देवदहको एतिहासिक र आध्यात्मिक महत्वलाई उजागर गर्ने ठानिएको छ ।












