कञ्चन/कञ्चन गाउपालिका वडा नं।४ ले आफ्नो वडामा फरक क्षमता भएका वडावासीरुलाई सुपानेट नामक मछरदानी वितरण गरेको छ।सुपानेट झुल वितरण गर्दै वडा नं।४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले वडा भित्र रहेका फरक क्षमताका वडावासीहरुलाई मलरिया,डेंगु लगायत जस्तो प्राण घातक रोगहरुबाट सुरक्षित बनाउनु वडाको कर्तब्य रहेको बताउनु भयो।

वडामा आएर सेवालिने वडावासीहरुलाई सहज र सरलिकृत गराउन वडा कार्यलय गम्भीर रहदै आएको बताउदै वडा अध्यक्ष क्षेत्रीले गाउपालिकाबाट प्राप्त हुने हरेक किसिमका सेवा सुबिधाहरुलाई वडावासीको पहुंचमा पुराउन सदैब प्रतिबद्ध रहदै आएको बताउनु भयो।वडाका ५८ जना फरक क्षमता भएकाहरुलाई सुपानेट झुल वितरण कार्यक्रमको संचालन वडा सचिब राजेन्द्र पौडेलले गर्नु भएको थियो।












