नेपाल कम्युनिष्ट पार्टी नेकपा एमाले सरावल वडा नम्बर २ को वडा कमिटिको चुनाव प्रसार प्रसार कार्यालय बुधबार एक कार्यक्रमका बीच सरावल २ स्थित जावामा उद्घाटन गरिएको छ । नेकपा वडा कमिटि अध्यक्ष सञ्जय मौर्यको अध्यक्षता तथा नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी सरावल गाउपालिका ईन्चार्ज जगदिश चौधरीको प्रमुख आतिथ्यतमा सम्पन्न भएको कार्यक्रममा कार्यालयको उद्घाटन गर्दै प्रमुख अतिथि चौधरीले नेकपा एमाले विकास र समृद्धिको सम्बाहक भएको बताउदै एमालेका नेताहरुले देशको पक्षमा निरन्तर पहरेदार पार्टी नेकपा एमालेलाई जिताउन आग्रह गर्दै नेकपा एमालेको विकल्प नभएको बताउनुभएको थियो ।
नेकपा एमाले एक ढिक्का भएर चुनावमा जनता माझ जनताको धेरै बिश्वाँस पाउने बताउँदै एमालेको जितलाई कसैले रोक्न नसक्ने समेत बताउनुभएको छ । सोही अवसरमा बोल्दै कार्यक्रमका विशिष्ट अतिथिका रुपमा रहनुभएका नेकपा एमाले जिल्ला सदस्य तथा लुम्बिनी प्रदेश १ क निर्वाचन क्षेत्रको सह ईन्चार्ज सुखारी प्रसाद चौधरीले नेपालमा थोपरिएका बैदेशीक हस्तक्षेप लाई नेकपा एमालेको सरकारले निरन्तर अडान लिएका कारण लोकतन्त्र र गणतन्त्रका लागि नेकपा एमालेलाई जिताउनु पर्ने बताउदै गरिब, वृद्ध जनताको जिम्मा नेकपा एमालेको सरकारले लिएको भन्दै स्वाधिनता, समृद्धि र बिकास चाहने हो भने नेकपा एमालेले चुनावमा बिजयी बनाउन आग्रह गर्नुभयो । साथै उहाँले परमादेश सरकारले एमाले विरुद्ध सबै जाल झेल र षड्यन्त्र गरेको बताउदै नेकपा एमालेको चुनाव चिन्ह सुर्यमा मत हाली विजयी बनाएमा विकास समृद्धिका बाँकि काम एमालले पुरा गर्ने विकासले फड्को मार्ने बताउनुभयो ।
सो अवसरमा अतिथीहरु, अनेरास्ववियुका केन्द्रिय सदस्य शुसान्त शर्मा घिमिरे, राष्ट्रिय युवा संघका केन्द्रिय सदस्य भेष नारायण चौधरी, नेकपा एमाले लुम्बिनी प्रदेश आर्थिक तथा वित्त सदस्य देवराज चौधरी लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रममा नेकपा एमाले किसान महासंघको प्रदेश कमिटि सदस्य बुद्धि प्रसाद भट्राई, सरावल गाउ कमिटि उपाध्यक्ष देवेन्द्र भट्राई, गाउ कमिटि सदस्य भोला चौधरी, नेकपा एमाले २ नम्बर वडा सह सचिव टेक बहादुर हरिजन सहित २ नम्बर वडा कमिटिका पदाधिकारीहरु, गाउ कमिटि, प्रदेश कमिटिका पदाधिकारी र वडाबासी गरि २ सयको सख्ंयामा उपस्थिती रहेको थियो । नेकपा एमाले वडा नम्बर २ की वडा कमिटि उपाध्यक्ष जमुना भु्सालको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन वडा सचिव टिपराज रायले गर्नुभएको थियो ।












