सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि वडा तहबाट सघाउने वडाध्यक्ष पाठकको भनाई
तिलोत्तमा । तिलोत्तमा नगरपालीका वडा न ६ को पश्चिम पौनी मावीमा दुई कोठे भवन शिलान्यास भएको छ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत परेको १८ लाख रुपैयां बजेटको भवनको शनिवार एक कार्यक्रमका बीच वडा न. ६ का नवनिर्वाचित अध्यक्ष गणेश पाठकले शिलान्यास गरेका हुन् । भवनको शिलान्यास गर्दै उनले पश्चिम पौनी मावीका लागि आवश्यक पर्ने सामाग्री व्यवस्थापन तथा शैक्षिक सुधारका लागि आफु र आफ्नो टिम तयार रहेको प्रतिबद्धता जनाए । उनले सामुदायिक विद्यालयको शिक्षा सुधार तथा विकासका निम्ति वडा तहबाट हुने कामको आधार बनाएर २÷३ दिनभित्रै खाका वडामा बुझाउन विद्यालय व्यवस्थापन समितीलाई आग्रह समेत गरे ।

कार्यक्रममा उक्त विद्यालय व्यवस्थापन समितीका अध्यक्ष खुम बहादुर थापाले नयां जनप्रतिनिधीले शिक्षाको विकासमा सहयोग पुर्याउनुपर्ने बताए । उनले जनप्रतिनिधीको साथ पाए सामुदायिक विद्यालय पनि निजी सरह संचालन हुने र अभिभावकको विश्वासमा पर्ने बताए । उक्त विद्यालयमा शिशु कक्षादेखि कक्षा १२ सम्म नेपाली तथा अंग्रजी माध्यममा पढाई हुने गरेको छ ।













