१४ असार, कञ्चन-शाइन रेसुंगा डेभलपमेण्ट बैकको एटिएम मेसिन कञ्चनको रुद्रपुरमा स्थापना गरिएको छ। बैंकको शाखा कार्यालय रुद्रपुरमा मंगलवार एक कार्यक्रमका बिच उक्त एटिएम बुथको शुभारम्भ गरिएको हो । कञ्चन गाउपालिका वडा नं। ४ केशर बहादुर खत्री र ५ का वडा अध्यक्ष कुल प्रसाद पौडेलले संयुक्त रुपमा शुभारम्भ गर्नु भएको हो । वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले बैंकले एटिएम मेसिन राखेर ग्राहकरुलाई सरल र सुरक्षित सुबिधा दिएकोमा धन्यवाद ब्यक्त गर्नु भयो । यस्तै वडा नं। ५ का वडा अध्ययक्ष कुल प्रसाद पौडेलले नविन्तम प्रबिधीसंग जोर्डिका हरेक ग्राहकहरुले एटिएम मेसिनको प्रयोगबाट छिटो र सहज रुपमा सेवा लिन सक्ने ब्शिवास गर्नु भयो ।
यस्तै शाइन रेसुंगा डेभलपमेण्ट बैक, रुद्रपुर शाखाका शाखा प्रमुख बावुराम आचार्यले समयानुसार बैंकका ग्राहकहरुलाई सरल र सहज रुपमा बैंकिंग सेवा दिने उद्धेश्यका साथ स्थानीय ग्राहकहरुको मागलाई प्राथमिकता दिएर एटिएम मेसिन स्थापना गरिएको बताउनु भयो । बैंकको चेक मार्फत नगद भुक्तानीको झन्झटलाई नविन्तम प्रबिधीको उपयोगलाई प्राथमिकता दिई ग्राहकलाई सर्बसुलभ सुबिधा उपलब्ध गराउन एटिएम मेसिनले अझ सहज बनाउने शाखा प्रमुख आचार्यले बिश्वास गर्नु भएको छ।
रुपन्देहीको बुटवल उप महानगरपालिमा केन्द्रिय कार्यालय रहेको उक्त बैंकको काठमाण्डौ सहित देशका बिभिन्न स्थानमा गरी ८४ शाखा रहेको र कञ्चनमा बि।सं।२०६७ सालमा पहिलो पटक शाखा स्थापना भएको थियो । कञ्चनमा करिब १२ हजार भन्दा बढी ग्राहक संख्या रहेको शाखा प्रमुख आचार्यले जानकारी दिनु भयो । कार्यक्रम शाइन रेसुंगा डेभलपमेण्ट बैक, रुद्रपुर शाखाका कर्जा बिभाग प्रमुख लालसिंह धामीको सहजिकरणमा सम्पन्न एटिएम मेसिन शुभारम्भ कार्यक्रममा नव निर्वाचित जनतिनीधिहरुलाई समेत सम्मान गरिएको थियो ।












