रोटरी अभियान लाई साथ लिएर नै सम्मुनत बुटवल बन्ने छ :नगर प्रमुख पाण्डे

प्रकाशित मिति:

रोटरी क्लव अफ बुटवल साउथ को नियमित बैठक १०३० अध्यक्ष टंकनाथ अधिकारी को अध्यक्षयता मा सम्पन्न भएको छ। रोटरी क्लव को नियमित बैठकमा सन्दर्भ वक्ता अतिथिका रूपमा बुटवल उपमहानगरपालिका का प्रमुख खेलराज पाण्डे ले बोल्दै बुटवल नगरको समग्र क्षेत्रमा विभिन्न रोटरी क्लबहरु ले सामाजिक, बाताबरण, जनचेतामूलक एबम् स्वास्थ शिक्षामा पुर्याउँदै आएको योगदान प्रति नगर आभारी रहेको कुरा बताउनु भएको थियो।

आफू नगरप्रमुख भई आए पछि मुख्यत संघीय सरकारको कार्यक्षेत्र भित्रको काम लाई नगर ले ताकेता गरी सम्पादन गर्न मेहनत गर्नु परेको ले नगर भित्र रहेका रोटरी अभियानका सम्पूर्ण पक्ष सँग नगरको प्राथमिकता क्षेत्र को आधारमा रोटरी सँग हुने सहकार्य को बारेमा योजनाबद्द अगाडि बढ्ने कुरा जानकारी गराउनु भएको थियो।
रोटरी क्लवका विभिन्न सदस्य हरुले विभिन्न सुझाव राख्नु भएको उक्त कार्यक्रममा लक्षमण ज्ञवाली को स्वागत् मन्तब्य, ध्रुव धिताल को धन्यवाद ज्ञापन रहेको बैठकको सञ्चालन सचिव ज्ञानेन्द्र गिरी ले गर्नु भएको थियो।