लायन्स संसार र तिलोत्तमाद्धारा वृक्षारोपण

प्रकाशित मिति:

बुटवल । लायन्स क्लब अफ बुटवल संसार र लायन्स क्लब अफ तिलोत्तमाले शनिबार संयुक्त ?पमा बुटवलमा बृक्षारोपण गरेका छन् ।क्लवको वार्षिक कार्ययोजना अन्र्तगत बुटवल – ७ दीपनगरको निलकण्ठ बाबा धाम मन्दिरमा आप, लिची, लगायतका वृक्षारोपण गरिएको कार्यक्रमका संयोजक राजन पाण्डेले बताए ।

कार्यक्रममा लायन डिष्ट्रिक ३२५ पि नेपालका डिष्ट्रिक को चिफ एडभाइजर खेम हमाल, एरिया ३ का चिफ गाइडलाइन एम. एल. पाण्डे, रिजन चियरपर्सन रिता शर्मा, जोन चियर पर्सन तथा लायन्स क्लब अफ बुटवल संसारका संस्थापक अध्यक्ष प्रकाश भट्टराई, निवर्तमान अध्यक्ष विकास श्रेष्ठ, लायन्स क्लब अफ तिलोत्तमाका अध्यक्ष प्रकाश न्यौपाने, मन्दिर विकास समितिका उपाध्यक्ष चुरामणी पौडेल लगायतको उपस्थिती रहेको थियो । यस कार्यक्रम क्लवको वार्षिक कार्ययोजना तथा सामाजिक उत्तरदायित्व अन्र्तगत गरिएको आगामी दिनमा पनि यस्तै किसिमका अन्य कार्यक्रमह? पनि निरन्तर गर्दै जाने आयोजक संस्था लायन्स क्लब अफ बुटवल संसारका अध्यक्ष महेश न्यौपानेले बताए ।