बैदेशिक रोजगारी बाट फर्केका नेपालीको सिप, ज्ञान र पुजीलाई सहि सदुपयोग गर्न सके देशमा समृद्धिको लहर आउनेमा जोड

प्रकाशित मिति:

रामु भुसाल,बैदेशिक रोजगारीमा रहेका र फर्केका नेपालीको सिप, ज्ञान र पुजीलाई सहि सदुपयोग गर्न सके देशमा समृद्धिको लहर आउने एक कार्यक्रमका वक्ताहरुले बताएका छन । शनिबार पश्चिम नवलपरासीको बर्दघाटमा आयोजित रिर्टनी फेडेरेशन नेपाल बर्दघाट नगरको प्रथम भेलामा बोल्ने वक्ताहरुले सो कुरा बताएका हुन ।

रिटर्नी फेडेरेशन नेपालका जिल्ला अध्यक्ष चिरञ्जिवी खरालको अध्यक्षता तथा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटि सदस्य पुण्य प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलामा बोल्दै वक्ताहरुले नेपालमा बढ्दो बेरोजगारीका कारण देशका विकासका सम्वाहक युवा युवतीहरु दिनानुदिन बैदेशिक रोजगारीमा जान बाध्य भएको, आफ्नो मिहिनेत र पसिना बगाई उनिहरुले पठाएको रेमिट्यान्सले देशको आर्थिक भार समालिरहेको भएतापनि बैदेशिक रोजगारीमा रहेका र फर्केका नागरिकहरुको राज्यले सम्मान जनक ब्यवहार नगर्दा पुन बैदेशिक रोजारीकै भर पर्नुपर्ने अवस्था सृजना भएको बताएका छन ।

कार्यक्रममा बोल्ने वक्ताहरुले बैदेशिक रोजगारीलाई ब्यवस्थित, मर्यादित र सुरक्षित बनाउँदै बैदेशिक रोजगारबाट फर्किएका नागरिकको लागि विशेष कार्यक्रम ल्याई युवाहरुलाई नेपालमै स्वरोजगार गर्न सरकारले ध्यान दिनुपर्ने बताएका हुन । सो कार्यक्रममा विशेष अतिथिको रmपमा नेकपा एमालेका राष्ट्यि महाधिवेशन प्रतिनिधि बद्रि खनाल, रिटर्नी फेडेरेशन नेपालका केन्द्रिय सदस्य एवं लुम्बिनी प्रदेश सहसंयोजक तथा नवलपरासि जिल्ला ईन्चार्ज कृष्ण प्रसाद भुसाल, अतिथिहरु नेकपा एमाले जिल्ला कमिटि सदस्य एवं बदर्घाट नगर सह इन्चार्ज प्रदिप सुवेदि, नेकपा एमाले बदर्घाट नगर कमिटि अध्यक्ष रविन्द्र बिक्रम हमाल, रिटर्नी फेडेरेशन नेपालका लुम्बिनी प्रदेश उपसचिब यादव अर्याल लगाएतले मन्तब्य राख्नु भएको कार्यक्रममा फेडेरेशनका जिल्ला उपाध्यक्ष धर्मागत पाण्डेको स्वागत मन्तब्य रहेको थियो भने कार्यक्रमको सञ्चालन फेडेरेशनका प्रदश सदस्य चोलाकान्त भट्राईले गर्नुभएको थियो । भेलाले केशव खनालको अध्यक्षतामा १९ सदस्सिय रिटर्नी फेडेरेशन बर्दघाट नगर कमिटिको तदर्थ समिति गठन गरेको छ । जसको उपाध्यक्ष तिलक बहादुर पुन, सचिव हेम कुमार शर्मा, उपसचिव कृष्ण प्रसाद पाठक, कोषाध्यक्ष पवित्रा रेग्मी रहनुभएको छ भने सदस्यहरुमा मोहन पाण्डे, यम कुमार घर्ती मगर, युव गैरे, शकंर भट्टराइ लगाएत रहनुभएको छ ।