तिलोत्तमा /रुपन्देहीको तिलोत्तमा ६ मा अबस्थित झरना स्पोर्ट्स क्लबको ६२औ साधारण सभा आज सम्पन्न भएको छ। क्लबका अध्यक्ष लोक पुनको अध्यक्षतामा सम्पन्न साधारण सभाले अर्को हप्ता नयाँ कार्यसमिति चयन गर्ने भएको छ। कुञ्जलापुर स्थित मगर भवनमा सम्पन्न सो साधारण सभामा प्रमुख अतिथि तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाणले क्लबले देखाएको सामाजिक दायित्व र खेलकुदको बिकासमा गरेको उत्कृस्ट कामको प्रसंशा गरेका थिए। नगरप्रमुख खाणले क्लबले राजनीति भन्दा टाढा रही सामाजिक क्रियाकलाप संगै खेलकुद र बस्तीको एकताका लागी पुर्याएको योगदान कम नभएको बताए।
त्यस्तै विशिष्ट अतिथि तिलोत्तमा वडा नम्बर ६ का अध्यक्ष गणेश पाठकले फुटबलको इतिहासमा झरना स्पोर्ट्स क्लबको कार्य उत्साहजनक रहेको र जनप्रतिनिधिसंग हरेक सामाजिक कार्यमा पारिवारिक सम्बन्ध र साथीको भूमिकामा रहेको बताउनुभयो। उहाँले सामाजिक सेवामा अग्रसर क्लबको सामाजिक कार्यको प्रसंशा समेत गर्नुभयो। उहाँले क्लबले बचाएको वार्डको साख र उत्साहजनक कार्यको मुक्तकंठाले प्रशंशा गर्नुभएको छ । उहाले आफु झरना स्पोर्ट्स क्लबले सामाजिक कार्य मात्र नभएर आन्तरिक पर्यटन बढाउँन गरेको योगदान अझै ठुलो रहेकोले क्लबका युवाहरुले गरेको नगरपालिकाको हरेक अभियानमा सहभागिताको तारिफ गर्नुभएको थियो क्लबले गरेको कार्यमा वडा र नगरपालिकाको तर्फबाट हुने सम्पूर्ण सहयोग गर्न आफु तत्पर रहेको भन्दै उहाले युवाहरुलाई शसक्तिकरण गर्न क्लबले ठुलो भूमिका खेलेको बताउनुभयो ।
सो साधारण सभामा बोल्दै रिभर साइड युथ क्लबका अध्यक्ष तथा तिलोत्तमा नगरपालिका का कार्यपालिका सदस्य नर बहादुर छन्तेलले कल्बले गरेको सामाजिक कार्य र खेलकुदको क्षेत्रमा गरेको उल्लेखनिय कार्यको प्रशंशा गरेका छन । त्यस्तै सोहि कार्यक्रममा बोल्दै समाजसेवी तथा निबर्तमान कार्यपालिका सदस्य संगीता गुरुङले सामाजिक क्षेत्रमा क्लबले गरेको योगदान अमुल्य रहेको बताउदै खेलकुद युवा र समाजका ज्येष्ठ नागरिकलाई हेर्ने दृष्टिकोण परिबर्तन गरि सम्मानित वडा बनाउन अभियान थालेको बताउदै समाजमा झरना स्पोर्ट्सको कार्य उल्लेखनिय रहेको बताउनुभयो ।साधारण सभाको अवसरमा बोल्दै अध्यक्ष लोक पुनले क्लबले युवाहरुलाई दुर्व्यसन बाट बचाउन, सामाजिक कार्यमा लाग्न , पर्यटनको क्षेत्रमा लाग्न , सामाजिक एकता बनाउन , राजनीतिक पुर्बाग्राही त्याग्न ठुलो भूमिका खेलेको बताएका छन् । आफ्नो बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै अध्यक्ष लोक पुनले युवाहरुको सहभागितामा समाजका हरेक गतिबिधि सम्पन्न गर्न सहयोग गर्ने समाजसेवी , संचार सस्था , पत्रकार एबम जनप्रतिनिधि तथा बिदेशमा रहेर पनि सहयोग गर्ने सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।
क्लबको साधारणसभा मा आयव्यय प्रस्तुत गर्दै क्लबका कोशाध्यक्ष धनेन्द्र पौडेलले सबैको सहयोगमा क्लबले केहि आर्थिक कोष स्थापना गर्न सफल भएकोमा धन्यबाद समेत दिनुभयो । अधिबेशनले आगामी शनिबार बिशेस कार्यक्रम गरी नयाँ कार्यसमिति चयन गर्ने कोशाध्यक्ष धनेन्द्र पौडेलले बताए। बि।स। २०३३ सालमा स्थापना भएको झरना स्पोर्ट्स क्लबले समाजमा विभिन्न रक्तदान , बिद्यालय सहयोग , राहत बितरण, खेलाडी सम्मान , एजुकेशन प्रगति सम्मान, स्वास्थ्य सस्थामा सहयोग , वृक्षारोपण, जेष्ठ नागरिक सम्मान , खेलकुद, संगै तिलोत्तमाकै गौरवको रुपमा रहेको कुञ्ज पार्कको ब्यबस्थापन लगायतका सामाजिक कार्यहरु गर्दै आएको छ ।साधारण सभामा वार्ड न ६ मा स्थायी बसोबास गर्ने ७ जना वृद्दबृद्दाहरुलाई ज्येष्ठ नागरिक सम्मान गरि दोसल्ला ओढाइएको थियो । क्लबको अधिबेशन आगामी सनिबार हुने गरी सारिएको छ ।












