जेसीज सप्ताह २०२२,दोश्रो दिनको कार्यक्रम :लागूऔषध दुर्व्यसन तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम

प्रकाशित मिति:

बुटवल /बुटवल लेडी जेसीजको आयोजनामा जेसीज सप्ताह(२०२२ अन्तर्गतको दोश्रो कार्यक्रम अन्तर्गत वर्तमान समयमा देशलाई अत्यन्तै आक्रान्त तुल्याउने गरि बढिरहेको विकृती लागूऔषध दुर्व्यसनी र युवा अवस्थामा विभिन्न कारणले मनोवल कमजोर पारी आत्महत्या गर्ने दर्दनाक अवस्था न्यूनीकरण गर्ने उद्धेश्यले स्नातक तहमा अध्ययनरत विध्यार्थीलाई लागूऔषध दुर्व्यसन तथा आत्महत्या सम्बन्धी सचेतना कार्यक्रम संस्थाकी अध्यक्ष जेसी अनुपमा श्रेष्ठको सभाध्यक्षता ,मानवअधिकार तथा शान्ती समाज रुपन्देहीका केन्द्रिय अध्यक्ष गोबिन्द खनाल ज्यूको प्रमुख आतिथ्यता तथा कलेजका प्राचार्य टुक बहादुर क्षेत्री ज्यूको विशिष्ट आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा इलाका प्रहरी कार्यालय रुपन्देहीका इन्सपेक्टर सन्तोष घिमिरे ज्यूले सहजीकरण गर्नुभएको थियो।प्रशिक्षण का लागि बिशिष्ट हवलदार पदम कुँवर ज्यूले सहयोगीको भूमिका निर्वाह गर्नुभएको थियो।

स्कूल कलेजका विध्यार्थीलाई सचेत वनाउन सके अत्यन्तै प्रभावकारी रुपले व्यक्ति,परिवार,समाज र राष्ट्र नै परिवर्तन गर्न सम्भव हुने ठानी ,यूवाहरु नै यस विषयमा सचेत रहन सके देशले समृद्धी प्राप्त गर्न सक्छ भन्ने अभिप्रायले भविष्यका कर्णधार जोश र जाँगरले भरिपूर्ण युवाहरुमाझ यो कार्यक्रम राखिएको हो।यस कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष जेसी रेखा शर्मा कट्टेल,नेपाल जेसीज(२०२२का कार्यसमिति सल्लाहकार एवं बुटवल लेडी जेसीज  २०२२का सल्लाहकाररपूर्व अध्यक्ष सिनेटर राधिका पोखरेल , बुटवल लेडी जेसीज (२०२२का सल्लाहकाररपूर्व अध्यक्ष जेसी रुपा पाण्डे,आजिवन सदस्य जेसी मीना क्षेत्री,मातृशाखा बुटवल जेसीजका पूर्वअध्यक्ष जेसी लालहरी पाण्डे ,बुटवल जेसीजका मिडिया डाइरेक्टर जेसी आविष्कार खनाल लगायत कलेजका प्राध्यापक ज्यूहरुको गरिमामय उपस्थिती रहेको थियो।

कार्यक्रमका मूल संयोजक जेसी प्रभा गौतमको स्वागत मन्तव्य,उपाध्यक्ष जेसी पुनम पन्थको आस्था वाचन,कार्यक्रम संयोजक जेसी सोनम पाठकको मिसन भिजन वाचन रहेको थियो।कार्यक्रममा संस्थापक अध्यक्ष जेसी रेखा कट्टेल ज्यूको शुभकामना मन्तव्य रहेको थियो भने प्रमुख अतिथी एवं विशिष्ट अतिथी ज्यूहरुले लागूपदार्थ दुर्व्यसन तथा आत्हत्या सम्बन्धी मात्र नभई मोबाइल दुर्व्यसनी सम्बन्धी महत्वपूर्ण भनाई सहितका मन्तव्य राख्नुभएको थियो।