कञ्चन/ रुपन्देहीको कञ्चनमा भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरुलाई जग्गाको मालिक बनाउने कार्यका लागि जग्गाको टोटल स्टेशन र ड्रोन मार्फत इमेज लिने कार्य सम्पन्न भएको छ। कञ्चनका करिव १३ हजार भन्दा बढी भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरुको यस २०७७ मै लगत संकलन लिने र करिब ३ हजार लगतहरुको डाटा इन्ट्री गर्ने कार्य सम्पन्न भएको थियो।
नव निर्वाचित जनप्रतिनीधिको पदास्थापन संगै भमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरुलाई लालपुर्जा दिने कार्यका लागि बांकी रहेको कार्यहरुलाई तिव्रता दिन लागेको करिब ३० दिन भित्र गाउपालिका र वडाको सिमाना छुट्याउने र ड्रोन मार्फत नक्साकन गर्ने कार्य सम्पन्न भएको हो । कञ्चन गाउपालिकामा १ सय ६० स्थानमा पोइन्ट कायमगरी टोटल स्टेशन गरी वडा नं। २ देखि ५ सम्मको सबै पोइन्टहरुलाई केन्द्र बनाई ड्रोन मार्फत नपी गर्ने कार्य भएको गाउपालिका अध्यक्ष नवराज ढकालले बताउनु भयो।
यस्तै नक्सांकन भएको ब्लकहरुको कित्ताकाट गर्ने कार्य पनि शुरु भएको र बांकी ब्लकहरुको कित्ताकाट गर्ने कार्य गर्न कार्यापालिकाको निणर्य सहित जिल्ला भुमि आयोगको कार्यालय रुपन्देही अनुमतीका लागि सिफारिस पठाइएको गाउपालिका अध्यक्ष ढकालले बताउनु भयो।गाउपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्षहरु र जनप्रतिनीधिहरु समेत स्थलगत रुपमा खटिएर भुमिहिन दलित, भुमिहिन सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरुलाई यथासम्भव जग्गाधनी पुर्जा दिने कार्यलाई सरोकारवालाहरुसंगको समन्वय र सहकार्यलाई प्राथमिकता दिइएको कार्यपालिका सदस्य तथा गाउपालिका प्रवक्ता चित्र तुलाचनले बताउनु भयो।अव ड्रोन मार्फत नाप नक्सा गर्ने कार्य पश्चात लगत संकलन गर्दा उपलब्ध गराइएको निस्साको आधारमा कित्ताकाट गर्ने कार्य समेत छिटै हुने वडा नं। १ का वडा अध्यक्ष हरिनारायण थारुले जानकारी दिनु भयो।












