सुरेश परियार /सैनामैना उद्योग वाणिज्य संघको आठौँ वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ । संघका अध्यक्ष प्रेम बहादुर खड्काको अध्यक्षता,सैनामैना नगरपालिका मेयर फणेन्द्र प्रसाद शर्माको प्रमुख आतिथ्यता तथा नेपाल उधोग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण प्रसाद शर्माको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
सोही अवसरमा सैनामैना नगरपालिका मेयर फणेन्द्र प्रसाद शर्माले नगरको विकासमा उधोग वाणिज्य संघका साथ हुन जरुरी रहेको बताए । उधोग,ब्यापारको छाता संगठनका रुपमा उभिएको यस संघलाई नगरले आवश्यक सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गर्दे नगर हातेमालोँ गर्न तयार रहेको बताए ।
यस्तै,कार्यक्रममा संघका अध्यक्ष प्रेम खड्काले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै ब्यावसायिक हकहितमा लागी रहेको बताए ।उधोग,ब्यापारिको समस्या,करको तमाम समस्या समाधानमा वाणिज्य संघ निरन्तर लागेको उल्लेख गरे ।संघको आफनै भवन निर्माण गर्ने देखि महोत्सव सञ्चालन गर्ने भावी योजना रहेको अध्यक्ष खड्काले बताए ।सोही अवसरमा यस वर्षको पत्रकारीता पुरस्कार पत्रकार कृष्ण भण्डारी प्रदान गरिएको छ । संञ्चार क्षेत्रबाट संघलाई अतुलनीय सहयोग गरेको भन्दै पत्रकार भण्डारीलाई सम्मानपत्रद्धारा सम्मान गरिएको हो ।कार्यक्रममा संघका सल्लाहकार मान बहादुुर महत,एकदेव पौडेल,सैनामैना वडा न।४का वडाअध्यक्ष राम प्रसाद अधिकारी लगायतले बोलेका थिए ।सैनामैना वडा न।८ स्थित सामुदायिक सतचिन्तनको भवनमा भएको कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष दिपक अधिकारीको स्वागत मन्तब्य,उधोग उपाध्यक्ष कृष्ण प्रसाद पोख्रेलको धन्यवाद ज्ञापन तथा महासचिब लोकनाथ अधिकारीको सञ्चालनमा सम्पन्न भएको हो ।












