गुल्मीमा पाँच महिनाको अबधिमा भएका १४ सवारी दुर्घटनामा ७ को मृत्यू

प्रकाशित मिति:

रमेश विश्वकर्मा
गुल्मी , पौष ९ ।
गुल्मीमा चालु आर्थिक वर्ष २०७५/०७६ सुरु भए देखि मंसिर मसान्तसम्म १४ सवारी दुर्घटनामा ७ जनाको मृत्यू भएको जिल्ला ट्राफिक कार्यालयले जनाएको छ । अहिले सम्म २ हजार ५ सय ९८ सवारी साधन कारबाहीमा परेका छन् । जसबाट १५ लाख ५४ हजार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । कारबाहीमा परेका सवारी साधनहरुबाट जरिवानाको रुपमा उक्त राजस्व संकलन गरेको जिल्ला ट्राफिक कार्यालय गुल्मीका कार्यालय प्रमुख पृथ्वीनारायण काफ्लेले जानकारी दिए ।
नयाँ आर्थिक वर्ष सुरुभए देखि मंसिर मसान्तसम्म १४ सवारी दुर्र्घटनामा परेका छन् । जुन दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष सुरुभए देखि मंसिर मसान्तसम्म २ हजार ५ सय ९८ सवारी साधन कारबाहीमा परेको जिल्ला ट्राफिक कार्यलय गुल्मीका कार्यालय प्रमुख काफ्लेले जानकारी दिए ।

सवारी चालक र सहचालकलाई प्रशिक्षण

सडक दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक कार्यालय गुल्मीले सडकमै चालक, सहचालक र यात्रुहरुलाई १ हप्ता सडक प्रशिक्षण समेत दिएको छ । जिल्लाका १० वटा विद्यालयमा शिक्षक, विद्यार्थीहरुलाई पनि प्रशिक्षण दिएको र जनचेतना मूलक कार्यक्रम गरेको छ । अब बाँकी रहेका विद्यालयहरुमा पनि प्रशिक्षण दिईने र जनचेतना मूलक कार्यक्रम गर्ने प्रमुख काफ्लेले जानकारी दिनुभयो । गुल्मीको तम्घासमा पछिल्लो समयमा अटो रिक्सा सञ्चालन मा छन् । ती अटो रिक्सा चालकलाई पनि प्रशिक्षण दिएको जिल्ला ट्राफिक कार्यलय गुल्मीले जनाएको छ ।
जिल्लाका स्थानीय तहहरु ः सत्यवती गाउँपालिका, गुल्मी दरबार गाउँपालिकामा प्रशिक्षण तथा जनचेतना मूलक कार्यक्रम सम्पन्न भएको छ । अरु बाँकी रहेका स्थानीय तहमा पनि जनचेतना मूलक कार्यक्रम गर्ने जिल्ला ट्राफिक कार्यलय गुल्मीले जनाएको छ ।
चालकको लापरबाही, तिव्र गतिमा गाडि चलाउदा, यात्रुलाई ट्राफिक नियमको बारेमा जानकारी नहुँदा समेत दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ । त्यसकारण दुर्घटना हुन नदिन चालक र यात्रुलाई विशेष प्रशिक्षण दिईएको जिल्ला ट्राफिक कार्यालय गुल्मीले जनाएको छ ।