सियारीमा एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रुपन्देहीको सियारी गाउँपालिकामा विहिवार एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । संद्यिय सरकारको महिला ,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय , महिला तथा बालबालिका विभागले सियारी गाउँपालिकामा विद्यालयस्तरका बालबालिकालाई लागु पदार्थ दुव्र्यसन, बालविवाह नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा सियारी गाउँपालिकाकी उपाध्यक्ष तारा चौधरीले शिक्षक र शिक्षिकाले देखाएको बाटोमा हिड्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । विद्यार्थीहरुले बाल विवाह गर्नु गलत हो भनेर बुझ्नु पर्छ र अन्य परिवार , साथीहरुलाई बाल विवाह गर्नुहुदैन भनेर सिकाउनु पर्ने उपाध्यक्ष चौधरीले बताउनु भयो । उहाँले विद्याथीहरु भविष्यको देशको ऐना भएकोले भोलीको राम्रो समाज निर्माणका लागि अहिले देखिनै विद्यार्थी तथा बालबालिकालाई सचेत बनाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा सियारी गाउँपालिका शिक्षा शाखा प्रमुख सुधिर पौडेलले बालबालिकाहरुलाई लागुऔषध कसरी सुरक्षित बन्न सकिन्छ र यसको प्रयोगबाट समाजमा र व्यक्तिगत हानीको विषयमा जानकारी हुने बताउनु भयो । जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक हरि बहादुर नेपालीले लागू औसध सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । भने महिला हिंसा सम्बन्धी निर्देशक निरा अधिकारी र बिकास अधिकृत निर्मला कार्कीले बाल बिबाह सम्बन्धी प्रशिक्षण दिनु भएको थियो । अभिमुखिकरण कार्यक्रममा सियारी गाउँपालिका भित्रका आठवटा विद्यालयका विद्यार्थीहरुको उपस्थिती रहेको कार्यक्रमकी अध्यक्ष महिला विकास शाखा प्रमुख शान्ता पौडेलले जानकारी दिनु भयो ।