तिलोत्तमा,। रुपन्देहीको तिलोत्तमा नगरपालिका १४ स्थित दुर्गा माध्यमिक विद्यालयमा बालबालिकाले प्रमुख प्रशासकीय अधिकृतसँग प्रश्न गर्ने कार्यक्रम शुरु भएको छ। नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले आयोजना गर्नुभएको सो ‘विद्यार्थीसंग प्रमुख प्रशासकीय अधिकृत’ कार्यक्रममा सहभागी बिद्यार्थीहरुले नगरपालिका का प्रमुख प्रशासकीय अधिकृतलाई स्कुले जीवन, संघर्षका कथा, मेहनतका फल, इमान्दारिता र बिद्यार्थी अनुसासनका बारेमा प्रश्नोत्तर गरेका थिए।
करिव २ घण्टा सम्म चलेको सो कार्यक्रममा प्रतिनिधिमुलक रुपमा ५ जना विद्यार्थीले प्रश्न सोधेका थिए भने प्रश्नको सहजीकरण तथा पुनस् प्रश्न नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले गर्नुभएको थियो। १० भन्दा बढी संख्यामा रहेका विद्यार्थीले आफ्नो मनमा लागेको कुरा निर्धक्क राखेका थिए। प्रश्न सोध्न नभ्याएका विद्यार्थीले भने आफ्नो प्रश्न कागजमा लेखेर दिएका थिए।बिद्यार्थी जीवनमा आइपर्ने समस्या, पारिवारिक अवस्था, बिद्यालयको अवस्था, साथीभाईको संगत, सिकाईको व्यवहारिकता, शिक्षा संग जोडिएको स्वास्थ्य, भौतिक अवस्था, बालमैत्री भएपछिको बिद्यालयको अवस्था , शिक्षक व्यवहार लगायतको दर्जनौ प्रश्नको प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जवाफ दिनुभएको थियो।प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले आफुपनि सामुदायिक बिद्यालयबाटै पढेर यहाँसम्म आएको कथा सुनाउदै मेहनत र इमान्दारिता र अनुशासनले नै बिद्यार्थी लक्ष्य चुम्न सफल हुन्छन भन्ने अभिप्राय दिनुभएको थियो।
कार्यक्रम अन्तर्गत सबै सामुदायिक बिद्यालय र त्यसपछि निजि बिद्यालयमा समेत सो कार्यक्रम लैजाने कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले बताउनुभयो। उहाँले विद्यार्थीको बास्तबिक समस्याको समाधान गर्न र तिनीहरुलाई व्यवहारिक ज्ञान संगै मोटिभेसनल कक्षाका लागि सो कार्यको थालनी गरिएको बताउनुभयो। कार्यक्रममा दुर्गा माविका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक, शिक्षकहरुको समेत उपस्थिति रहेको थियो।


			







 				