नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन लुम्बिनी ईकाईको अध्यक्षमा पाण्डे निर्बाचित
बुटवल – नेपाल औषधिगत बिक्री प्रबन्धक संगठन (PEAN)को लुम्बिनी ईकाईको चौथो अधिबेसन बाट आगामी दुई बर्षको लागि अध्यक्षमा चिरन्जिबी पाण्डे निर्बाचित भएका छन। सनिबार बुटवलमा सम्पन्न भएको अधिबेशन बाट पाण्डेलाई सर्बसमत चयन गरिएको हो।

पाण्डेको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति सर्बसमत रुपमा चयन गरिएको छ। समितिको बरिष्ट उपाध्यक्षमा समित रेग्मी ,उपाध्यक्षमा दिवाकर पौडेल ,सचिबमा सन्तोष नाउ ,सह -सचिबमा राजु भण्डारी ,सह -कोषा-ध्य्क्षमा राजेन्द्र कार्की चयन भएका छन। यस्तै सदस्यहरुमा मनोज भट्टराई ,युवराज डुम्रे ,,कपिल ज्ञवाली ,चन्द्र प्रकास ठाकुर ,बिष्णु प्रसाद आचार्य ,र गणेश गिरी चयन भएका छन।

कार्यक्रमका प्रमुख अतिथि (PEAN) केन्द्रका अध्यक्ष गान्धी प्रसाद शर्मा रहेका थिए। स्वागत मन्तब्य (PEAN)सचिब समित रेग्मीले गर्नुभएको थियो।भने कार्यक्रमको संचालन सन्तोष नाउले गरेका थिए ।कार्यक्रम मा (PEAN का सस्थापक अध्यक्ष हरिहर भन्डारी तथा निवर्तमान अध्यक्ष टंक पौडेल लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि ले आ आफ्नो भनाई राखेका थिए ।बर्तमान अध्यक्ष पाण्डेको यस अघिको कार्यकाल मा उनको उल्लेखनीय कार्येको मुल्यांकन गर्दै उनलाई पुनः सर्वसम्मत रुपमा संस्थाको थप 2 बर्ष को जिम्मेवारी प्रदान गरिएको थियो।













