दहि चिउरा खाने दिन बृक्षारोपन

प्रकाशित मिति:

असार, तुलसिपुर दाङ । दाङको तुलसिपुर उपमहानगरपालिका वडा नं। ९ बेलुवा स्थित शिव पशुपति टोल बिकास संस्थाले आज शुक्रबार वृक्षारोपन कार्यक्रम गरेको छ । दहि चिउरा खाने दिनको अवसर पारी नया निर्माण गरिएको सडक किनारमा बिभिनन्न प्रजातीका बिरुवाहरू रोपीएको हो । सस्थाका अध्यक्ष जम वहादुर मल्लको अध्यक्षता तथा वडा नं। ९ का वडा सदस्य गोपाल भण्डारीको प्रमुख आथित्यामा भएको उक्त कार्यक्रममा वडा सदस्य भण्डारीले बृक्षारोपनको शुभारम्भ गर्नु भएको थियो । तारवार सहित गरिएको बृक्षारोपनमा धुपी,कपुर,निम,तेजपत्ता लगायतका बिरुवाहरू रोपिएको छ । वृक्षारोपन कार्यक्रमा टोल बिकास संस्थाका पदाधिकारी, समाजशेवी,राजनितीक दलका प्रतिनिधि,उपभोक्ताहरू लगायतको सहभागिता रहेको थियो ।