स्याङजाको अर्जुनचौपारीमा बन्यो हेलिप्याड

प्रकाशित मिति:

स्याङ्जा जिल्ला अर्जुनचौपारी गाउँपालिका वडा नं १ को सहेलेमा हेलिप्याड निर्माण भएको छ ।अर्जुनचौपारी गाउँपालिकाको आर्थिक व्यवस्थापन तथा नेपाली सेना, समरजित गुल्मको श्रमदानमा निर्माण सम्पन्न भएको उक्त हेलिप्याड आज नेपाली सेनाले एक कार्यक्रमका बिच गाउँपालिकालाई हस्तान्तरण गरेको छ ।नेपाली सेना समरजीत गुल्मका गुल्मपति सेनानी हरिप्रसाद भट्टराईले गाउँपालिकाका प्रमुख सेवक प्रकाश तिवारीलाई हेलिप्याड हस्तान्तरण गरेका थिए ।उक्त हेलिप्याड हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि स्याङजा जिल्लाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेले विपद् र समस्या भन्ने कुरा कतिबेला कसलाई आउँछ थाहा नहुने भएकाले विपद् व्यवस्थापनमा हेलिप्याड निर्माण महत्वपूर्ण रहेको बताए ।

विपद् व्यवस्थापनमा स्थानीय तहसँग सहकार्य आवश्यक भएको भन्दै प्रजिअ घिमिरेले जिल्ला सुरक्षा समिति तथा अन्य सरोकारवालाहरुसँग मिलेर काम गर्न आफू प्रतिबदध रहेको बताए ।गाउँपालिसँगको समन्वयमा श्री समरजित गुल्म स्याङ्जाले चालु आर्थिक वर्ष २०८९र८० सीमित कार्यक्रम अन्तर्गत विपदमा परेका, जटिल अवस्थाका गर्भवती÷सुत्केरी तथा गम्भीर खालका बिरामीहरूलाई आकस्मिक उद्धार गर्न सहज बनाउन हेलिप्याड निर्माण गरिएको गाउँपालिका प्रमुख सेवक प्रकाश तिवारीले बताए । हेलिप्याड जम्मा ७ लाख ३३ हजार ४ सय ५९ रुपियाँमा निर्माण गरिएको गाउँपालिकाले जनाएको छ । १५ दिनमा निर्माण गरिएको उक्त एमआई १६ हेलिप्याड करिब ६०र६० फिट लम्बाइ र चौडाइ भएको जिल्लाकै सबैभन्दा ठुलो हेलिप्याड मानिएको छ @ युवराज पौडेल