साउन ४ गते
नवलपरासी । पश्चिम नवलपरासीमा जिल्ला प्रहरी कार्यालय नवलपरासीले ब्राउन सुगर सहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ बस्ने २२ बर्षिय समित मास्के मगर र २५ बर्षिय अनिल दर्जी रहेका छन ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालय नवलपरासीको संयुक्त टोलीले रामग्राम नगरपालिका वडा नम्बर ५ वाईपासमा चेकजांच गर्ने क्रममा महेशपुरबाट परासीतर्फ आउदै गरेको लु १६ प १६०८ नम्बरको स्कुटीलाई रोकेर चेकजाच गर्दा लागु औषध सेवन गरेका उनिहरुलाइ तलासि लिदा स्कुटरमा पछाडी सवार अनिल दर्जीको पाईन्टको खल्तीबाट सानो सानो चार वटा प्लाष्टिकमा पोको पारी ल्याएको ८ मिलिग्राम ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ फेला पारी स्कुटर र स्कुटरमा सवार दुबै जनालाई बुधबार साझ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सुचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयले जानकारी दिनु भएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












