घोराही, ४ साउन । लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङको प्रायोजनमा लियो क्लव अफ राप्ती इञ्जिनियरिङ डिकम गठन गरियो । क्लबमा डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ विद्यार्थीहरुको सहभागिता रहेको छ ।लायन्स क्लव अफ् राप्ती इञ्जिनियरिङका अध्यक्ष शरद अधिकारीको अध्यक्षता तथा लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया २ का चिफ डा. भिमसेन गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लियो क्लव घोषणा गरिएको थियो ।राप्ती इञ्जिनियरिङ कलेजमा यसअघि पनि लियो क्लव गठन गरिएको थियो । एउटै कलेजमा दुईवटा लियो क्लव खोल्ने राप्ती इञ्जिनिरियरिङ पहिलो कलेज भएको छ । यस अघि गठन गरिएको लियो क्लब अफ राप्ती इञ्जिनियरिङमा पोखरा विश्वविद्यालय अन्र्तगत सञ्चालन भएको विई सिभिल र विसिए कार्यक्रममा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
लियो क्लवको अध्यक्षमा गणेश नेपाल, प्रथम उपाध्यक्षमा मनोज शर्मा, द्वितिय उपाध्यक्ष प्रकाश चुनारा, तृतिय उपाधयक्ष सवित चौधरी, सचिव शिव बुढाथोकी, कोषाध्यक्ष अञ्जना चौधरी रहनुभएको छ । यसैगरी सह कोषाध्यक्षमा मिना पाण्डे, सह सचिवमा प्रेम प्रसाद दहाल, सदस्यहरुमध्य शिक्षा निर्देशकमा हरिप्रसाद थारु, सामाजिक सर्भिस कार्यक्रममा संगीता सुनार, स्वास्थ्य निर्देशकमा समिर नेपाली, बातावरण निर्देशकमा गीता वली, अन्तर्राष्ट्रिय सम्वन्ध विस्तारमा विवेक चलाउने, क्लव संयोजकमा कपिल लामिछाने, रिपोर्टिङ अफिसरमा सिर्जना सुवेदी, पव्लिक रिलेशन अफिसरमा सिर्जना रसाइली लगायत मनोज गिरी, ओमकान्त चौधरी, शेरबहादुर विक, यमुना वली, विपना विश्वकर्मा, शर्मिला गिरी, नविन चौधरी र बेगम केसी रहनुभएको छ ।
सोही अवसरमा राप्ती इञ्जिनियरिङ क्लवमा अध्ययनरत विद्यार्थीहरुको कम्प्युटर इञ्जिनियरिङ सोसाइटी क्लव गठन गरिएको थियो । कलेजका प्रवन्ध निर्देशक समेत रहनुभएका लायन्स क्लवका एरिया चिफ डा. भिमसेन गिरीले क्लव घोषणा गर्नुभएको थियो ।सोही क्रममा लायन्स क्लवका एरिया चिफ डा. भिमसेन गिरी, जोन चियर पर्सन मधुसूदन बैद्य, लायन्स क्लव अफ् इञ्जिनियरिङका सचिव ई. शर्मिला दहिद, सह कोषाध्यक्ष विश्ववन्धु थापा, लियो क्लवका अध्यक्ष गणेश नेपाल र कम्प्युटर इञ्जिनियरिङ सोसाइटी क्लका अध्यक्ष हरिप्रसाद थारुले बोल्नुभएको थियो । कार्यक्रमको संचालन ई. धनेश्वर चौधरीले गर्नुभएको थियो ।












