कृष्ण ढकाल
बर्दघाट,श्रावण–६
लायन्स क्लब अफ नवलपरासी बर्दघाटले आज बर्दघाट–५,बण्डाखोलामा रहेको पञ्चेश्वर महादेवको मन्दिर परिसरमा बिभिन्न जातका फलफुलका बिरुवाहरु रोकेको छ ।
बर्ष २०२३÷०२४ का अध्यक्ष लायन कल्पना पौडेल (न्यौपाने)को अध्यक्षता र ए.ओ.जि. लायन युवराज डुम्रेको प्रमुख आतिथ्यतामा भएको उक्त वृक्षारोपण कार्यक्रममा ,वडा नं. ५ का वडाध्यक्ष बिमला गुरुङ्ग,वडा सदस्य तथा मन्दिर विकास समितिका अध्यक्ष सुमित्रा ढकाल , लायन कमला बस्याल,तिलक शर्मा,रमेश श्रेष्ठ,मनोज सुवेदी,शिव कुमारी भट्टराई,मन्दिरका पुजारी लगाएतको उल्लखेनीय सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन सचिव लक्ष्मि शर्माले गुर्न भएको थियो ।
बृक्षारोपण कार्यक्रममा बोल्दै ए.ओ.जि. लायन युवराज डुम्रेले बिरुवा रोप्नु भन्दा पनि त्यसको संरक्षण गर्नु मुख्य कुरा भएको बताउनु भएको थियो ।
त्यसैगरी लायन्स क्लब अफ नवलपरासी बर्दघाट ,बर्ष २०२३÷०२४ का अध्यक्ष लायन कल्पना पौडेल (न्यौपाने)ले पर्यावरणीय तथा प्रयोगका हिसावले फल फुलका बिरुवा रोप्दा धेरैफाईदा पुग्ने मशुस गरेर नै आफ्नो टिमले मन्दिर परिसरमा फलफुलका बिरुवा रोप्न लागेको बताउनु भएको थियो।
लायन्स क्लब अफ नवलपरासी बर्दघाट को बर्ष २०२३÷०२४ का अध्यक्ष पोडेलको यो पहिलो कार्यक्रम अन्तर्गत गरिएको वृक्षारोपण कार्यमा आँप, लिचि,कटहर,बेलौती ,कागती लगाएत साथमा केहि धुपिका बिरुवा समेत रोपिएको थियो ।












